• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

चित्रबहादुर केसीसँग कार्यकर्ताको गुनासो : गठबन्धनमा कांग्रेस-माओवादी इमान्दार देखिएनन्


  •   आइतबार, जेठ २२, २०७९ मा प्रकाशित
  • नवलपरासी । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रतिगमनलाई निस्तेज पार्न गठबन्धनको निरन्तरता आवश्यक रहेको बताउनुभएको छ ।

    Advertisement

    राष्ट्रिय जनमोर्चा नवलपरासी, शनिबार सुनवलमा आयोजना गरेको जिल्लास्तरीय चुनावी समीक्षा भेलालाई सम्बोधन गर्दै अध्यक्ष केसीले प्रतिगमनको खतरा अझै टड्कारो रहेकोले पाँचदलीय गठबन्धनलाई निन्तरता दिनुपर्ने बताउनुभयो ।

    ‘प्रतिगमनको खतरा टरेको छैन । त्यसकारण आगामी प्रदेश र प्रतिनिधिसभाको चुनावमा पनि गठबन्धन आवश्यक छ’ केसीले भन्नुभयो ।
    समीक्षा कार्यक्रममा अध्यक्ष केसीसँग कार्यकर्ताले स्थानीय चुनावमा राजमोले पाँचदलीय गठबन्धनमा सामेल भएपनि गठबन्धनका अन्य दलमा इमान्दारिता नदेखिएको गुनासो गरेका थिए ।

    राजमो नेता तिलक प्रसाद सुवेदीका अनुसार सहभागीहरुले अध्यक्ष केसीसँग कांग्रेस–माओवादी इमान्दार नदेखिएकोले राजमोले गठबन्धनबारे विचार गर्नुपर्ने सुझाव दिएका थिए ।

    जवाफमा अध्यक्ष केसीले गठबन्धनबाट पार्टीलाई कति फाइदा वा बेफाइदा भयो भन्न भन्दा पनि गठबन्धन राष्ट्रिय आवश्यकता भएको र प्रतिगमनलाई निस्तेज पार्न अरु उपाय तत्काल नभएकोले गठबन्धनमा सामेल हुनुपरेको जवाफ दिनुभएको थियो ।

    ‘राजमोबाहेक अन्य दल अवसरवादी र संसदलाई नै आफ्नो रणनीति बनाएका पार्टीहरु हुन् । त्यसकारण उनीहरु गठबन्धनप्रति पुरै इमान्दार हुन्छन् भन्ने होइन । चुनाव जितन जे पनि हर्कत अपनाउन तयार हुन्छन् । तर, हाम्रा लागि चुनावमा हारजित ठूलो कुरा होइन । प्रतिगमनलाई हराउन गठबन्धन गर्नुपर्ने राष्ट्रिय आवश्यकता हो’ अध्यक्ष केसीले भन्नुभयो, ‘२०६२/०६३ सालको जनआन्दोलनको उपलब्धि जोगाउन, संविधानको रक्षा, गणतन्त्र र धर्मनिरपेक्षता रक्षाको लागि गठबन्धन गर्नुपर्ने आवश्यकता परेको हो । गठबन्धन नभए यी उपलब्धि जोगाउन मुस्किल पर्ने अवस्था छ ।’

    कार्यक्रममा केसीले चुनावमा आएको मतभन्दा पनि राष्ट्रिय राजनीतिमा पार्टीले खेलेको भूमिका र विचार जनतामा पुर्याउन सफल भएको भन्दै उच्च मनोबलका साथ अगाडि बढ्न कार्यकर्ताहरुसँग आग्रह गर्नुभयो ।

    समीक्षा कार्यक्रममा राजमो लुम्बिनी प्रदेश सदस्य तिलक प्रसाद सुवेदीले समग्र जिल्लाको चुनावी गतिविधिको रिपोर्टिङ प्रस्तुत गर्नु भएको थियो ।
    चुनावमा उम्मेदवारहरू शोभाकान्त लामिछाने, मेघराज गौतम, उत्तमराज खरेलले आ–आफना अनुभवहरु प्रस्तुत गर्नु भयो ।

    कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय अध्यक्ष रेम राना, नेकपा (मसाल) जिल्ला प्रवक्ता धनपति सापकोटा, अखिल नेपाल महिला संघ जिल्ला अध्यक्ष सम्झना सुवेदीको आतिथ्यता रहेको थियो ।

    राजमो जिल्ला अध्यक्ष किसन बहादुर अधिकारीको अध्यक्षता, सचिव ढुण्डिराज पोख्रेलको सञ्चालन र अखिल नेपाल किसान महासंघ जिल्ला अध्यक्ष जितबहादुर पौडेलको स्वागत मन्तव्यमा कार्यक्रम अघि बढेको थियो ।

    नवलपरासीको बर्दघाट नगरपालिका वडा नं ५ मा राजमोले गठबन्धन गरेर एक जना सदस्य (शोभाकान्त लामिछाने) लाई जिताउन सफल भएपनि अन्य स्थानमा भने गठबन्धनबिना नै चुनावमा सहभागी भएको थियो ।

    आइतबार, जेठ २२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.