• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

सम्पर्क समितिलाई सक्रिय बनाउँदै राष्ट्रिय जनमोर्चा


  •   शनिबार, जेठ २१, २०७९ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाले विभिन्न जिल्ला तथा प्रदेश सम्पर्क समितिलाई सक्रिय बनाउने भएको छ । शनिबार काठमाडौंमा आयोजित राष्ट्रिय जनमोर्चा सम्पर्क समितिहरुको अनौपचारिक संयुक्त बैठकले विभिन्न जिल्ला तथा क्षेत्रीय सम्पर्क समिति पुनर्गठन गर्ने र सक्रिय पार्ने योजना बनाएको हो ।

    Advertisement

    काठमाडौं आएर विभिन्न पेशा तथा व्यवसायमा संलग्न राजमोका सदस्यहरुले आ–आफ्नो जिल्ला तथा क्षेत्रका मानिसहरुलाई समेटी सम्पर्क समिति पुनर्गठन गर्ने प्रतिवद्धता जनाएका छन् ।

    कार्यक्रममा कतिपय जिल्ला तथा क्षेत्रका सम्पर्क समितिको भेलासमेत तय गरिएको छ । राष्ट्रिय जनमोर्चा केन्द्रीय कार्यालयले दिएको जानकारी अनुसार काठमाडौं–बागलुङ सम्पर्क समितिको भेला आउँदो असार ११ गते हुने छ । सोही दिन काठमाडौं–सुदूरपश्चिम सम्पर्क समितिकोसमेत भेला आयोजना गरिएको छ । दुवै भेला कपनस्थित राजमोको केन्द्रीय कार्यालयमा हुने छ।

    यस्तै, असार १८ गते काठमाडौं–प्युठान सम्पर्क समिति, काठमाडौं–अर्घाखाँची सम्पर्क समिति र काठमाडौं–कर्णाली सम्पर्क समितिको भेला हुने छ । यसैगरी काठमाडौं–दाङ सम्पर्क समितिको भेला असार २५ गते तय गरिएको छ ।
    अन्य जिल्ला र प्रदेशस्तरीय सम्पर्क भेलाहरु पनि असार महिनाभित्रै गर्ने राजमोले जनाएको छ ।

    काठमाडौं–कर्णाली सम्पर्क भेला आयोजक समिति पुनर्गठन
    यसैबीच राष्ट्रिय जनमोर्चा, काठमाडौं–कर्णाली सम्पर्क समिति पुनर्गठन भएको छ । शनिबार भएको एक भेलाले आयोजक समिति पुनर्गठन गरेको हो ।

    भक्तबहादुर विश्वकर्मा संयोजक रहनुभएको समितिको सदस्यमा विष्णु ओली, अस्मिता राना, समृद्धि बुढा, कृष्ण शर्मा र राजेन्द्र केसी रहनुभएको छ । सो समितिले असार १८ गते आफ्नो भेला गर्ने छ ।

    ‘संगठन र आन्दोलनमा सम्पर्क समितिको भूमिका महत्वपूर्ण’
    कार्यक्रममा राष्ट्रिय जनमोर्चाका नेताहरुले संगठन र आन्दोलनमा सम्पर्क समितिको महत्वपूर्ण भूमिका रहने गरेको चर्चा गर्नुभयो ।

    नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले विभिन्न जिल्लाबाट काठमाडौं आइ बसोबास गर्ने पार्टी, सदस्य, समर्थक र शुभतिचन्तकहरुले पार्टी आन्दोलनमा महत्वपूर्ण भूमिका खेल्ने गरेको चर्चा गर्नुभयो । उहाँले सम्पर्क समितिबाट राजधानीमा चल्ने आन्दोलनलाई अगाडि बढाउन,सम्बन्धित जिल्लामा विकास निर्माणका काम गर्न र राजनीतिक चेतना फैलाउन सक्ने बताउनुभयो ।

    यस्तै, राजमो नेता आनन्द शर्माले संगठन निर्माणमा सम्पर्क समितिको भूमिकाबारे चर्चा गर्दै काठमाडौंमा चल्ने जनतान्त्रिक आन्दोलन र निर्वाचनमा सम्पर्क समितिहरुमार्फत धेरै काम गर्न सकिने बताउनुभयो ।

    कार्यक्रममा राजमो महासचिव मनोज भट्ट, केन्द्रीय सदस्यद्वय लालबहादुर थापा र घनश्याम न्यौपाने, अखिल नेपाल महिला संघका अध्यक्ष मिना पुन, अखिल (छैठौं) का पूर्वअध्यक्ष विमल पोखरेललगायत नेताहरुले धारणा राख्नुभएको थियो ।

    शनिबार, जेठ २१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.