शङ्करप्रसाद पोख्रेल, बुटवल ।
रुपन्देहीको बुटवल उपमहानगरपालिकाको कार्यपालिका सदस्यमा राष्ट्रिय जनमोर्चाका कृष्ण बराइली निर्वाचित हुनुभएको छ । २०७९ जेठ १९ गते सम्पन्न चुनावमा उहाँ विजयी हुनुभएको हो ।
Advertisement
त्यसैगरी, कार्यपालिकामा सम्पूर्ण आठै जना गठबन्धनका उम्मेदवारहरू पनि विजयी हुनुभएको छ । गठबन्धनअन्तर्गत नेपाली काङ्ग्रेसका पाँच जना, नेकपा (एकीकृत समाजवादी) का एक जना, जनता समाजवादी पार्टीका एक जना विजयी हुनुभएको हो ।
कुल ९७ मत भएकोमा बुटवल उपमहानगरपालिकाको कार्यपालिकामा गठबन्धन दलहरूले ६८ मत पाएर विजयी भएका थिए भने विपक्षी दल एमालेका २९ मत आएका थियो ।
