नेपालगञ्ज । नेपालगञ्जको धम्बोझी चोकमा तत्कालीन राजा वीरेन्द्रको शालिक राख्ने विषयमा झडप भएको छ ।
वीरेन्द्रको शालिक राख्न खोज्दा प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको जनाइएको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले प्रहरीले बाध्य भएर केही राउण्ड हवाई फायर गरेको जानकारी दिँदै केही प्रहरी घाइते भएको र स्थिति नियन्त्रणमा आएको जानकारी दिनुभयो ।
प्रहरीले ६ राउन्ड गोली चलाएको स्थानीयले बताएका छन् । झडपमा प्रहरी र आन्दोलनकारी गरी २४ जना घाइते भएका छन् ।
दोस्रो जनआन्दोलनपछि तोडफोड गरेर शालिक हटाइएकोमा राजपरिवारको हत्या भएको दिन धम्बोझी चोकमा पुनः अर्धकदको सालिक राखिएको हो।
जेठ १९ गते हत्या भएको दिन पारेर वीरेन्द्रको सालिक राख्न खोज्दा विवादले उग्र रुप लिएको हो ।
सालिक राखिएकोमा विवाद बढेपछि प्रहरीले २४ घण्टामै सालिक हटाइदिएको छ।