• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

वर्तमान गणतन्त्रले जनताका समस्या समाधान हुँदैन : मसाल


  •   आइतबार, जेठ १५, २०७९ मा प्रकाशित
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(मसाल) ले वर्तमान गणतन्त्रबाट जनताका समस्या समाधान हुन नसक्ने बताएको छ ।

    Advertisement

    गणतन्त्र दिवसका अवसरमा आइतबार शुभकामना दिँदै मसालले नयाँ जनवादी गणतन्त्र स्थापनाका लागि संघर्ष अगाडि बढाउनुपर्नेमा जोड दिएको छ ।

    महामन्त्री मोहनविक्रम सिंहले जारी गर्नुभएको वक्तव्यमा प्रतिगामी कोणबाट हुने आक्रमणबाट वर्तमान गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता जस्ता उपलब्धिको रक्षा गर्दै नयाँ जनवादी व्यवस्थाका लागि संघर्ष गर्नुपर्नेमा मसालले जोड दिनुभएको छ ।

    यस्तो छ वक्तव्य :
    ‘आज गणतन्त्र दिवस हो । आजकै दिन जेष्ठ १५ गते २०६५ सालमा गणतन्त्रको घोषणा गरिएको थियो । जनताको लामो सङ्र्घष, त्याग र बलिदानपछि नेपालमा राजतन्त्रको समाप्त भएर गणतन्त्रको स्थापना भएको थियो । यसकारण आजको गणतन्त्र दिवसले नेपालको सम्पूर्ण राजनीतिक इतिहासमा नै ऐतिहासिक महत्व राख्दछ । आजको अत्यन्त गम्भीर ठुलो समस्या के हो भने गणतन्त्रलाई समाप्त गर्नको लागि कैयौँ दिशाबाट हमला भइरहेको छ । यसैले गणतन्त्रको रक्षाका लागि सङ्घर्ष गर्नु अहिले गणतन्त्र पक्षधर राजनीतिक शक्तिका साथै सम्पूर्ण जनताको दायित्व भएको छ ।

    २००७ सालमा निरङ्कुश राणा शासनको अन्त्य भएर बहुदलीय व्यवस्थाको स्थापना भएको थियो । २०५९ सालमा बहुदलीय व्यवस्थालाई समाप्त गरेर राजाको निरङ्कुश शासन प्रत्यक्ष रूपमा कायम भएको थियो । त्यसैले नेपालको इतिहासले बारम्बार के कुरा प्रस्ट गर्दै आएको छ भने कुनै बेला एक वा अर्को प्रकारको प्रतिक्रियावादी सत्तालाई समाप्त गरेपछि प्रतिगामी शक्तिहरु गुमेको सत्ताको पुनस्र्थापनाका लागि पुनः नयाँ प्रकारले प्रयत्न गर्दछन् । त्यही प्रकारले राजतन्त्रको अन्त्यपछि राजावादीहरूले गणतन्त्रलाई समाप्त गरेर राजतन्त्रको पुनस्र्थापनाको लागि अभियान चलाइरहेका छन । त्यसैले त्यस प्रकारको प्रयत्नलाई असफल पार्नका लागि उच्च प्रकारको सर्तकता अपनाउनु अहिलेको आवश्यकता भएको छ ।

    अहिले प्रतिगमनको खतरा २०१७ साल वा २०५९ सालमा भन्दा गम्भीर भएको छ । ती प्रतिगमनका लागि मुख्य भूमिका राजाको नै रहेको थियो । अहिले प्रतिगमनको पक्षमा अन्य दुईवटा शक्तिहरू थपिएका छन् : एउटा ओली नेतृत्वको एमाले र अर्को भारतीय साम्राज्यवाद । त्यसले गर्दा अहिले प्रतिगमनको खतरा पहिले भन्दा गम्भीर बन्दै गएको छ । त्यो बाहेक कतिपय वाम पक्षधर शक्तिहरूले पनि देशमा कायम रहेको गणतन्त्रलाई प्रतिक्रियावादी बताउँदै त्यसमाथि हमला गरिरहेका छन् । त्यसबाट पनि प्रतिगामी शक्तिहरूलाई गणतन्त्रमाथि हमला गर्न मदत पुगिरहेको छ । अर्का शव्दमा, कतिपय वामपन्थी शक्तिहरूले पनि एक वा अर्को प्रकारले गणतन्त्रमाथि हमला गर्ने काममा प्रतिगमनको सेवा गरिरहेका छन् ।

    राजावादीहरूले गणतन्त्रका साथै धर्मनिरपेक्षतामाथि पनि हमला गरिरहेका छन् । उनीहरूले हिन्दु धर्मको हतियार उठाएर राजतन्त्रको पुनस्र्थापना गर्न खोज्दै छन् । ओलीले पनि धर्मनिरपेक्षतालाई खारेज गरेर देशमा हिन्दु राष्ट्रको स्थापना गर्ने नीति अपनाएका छन् ।

    त्यसका साथै उनले देशमा कायम भएको बहुदलीय व्यवस्थालाई पनि समाप्त गर्दै छन् । ओलीद्वारा दुई दुई पटक संसदको विघटन र संसदको पुनस्र्थापनापछि पनि लामो समयसम्म त्यसलाई अवरोध गर्न उनले अपनाएको कार्यविधिबाट उनको मुख्य उद्देश्य बहुदलीय व्यवस्थाका साथै गणतन्त्रलाई समाप्त गर्ने दिशातर्फ लक्षित भएको कुरा प्रष्ट छ । ओलीको त्यो नीतिलाई राजावादीहरूले स्वागत गरेका छन् र त्यसैले राजावादी र ओलीका बिचमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपले गठवन्धन कायम हुँदै गएको छ । त्यसैले हाम्रो पार्टीले राजावादीहरूका साथै एमालेका विरुद्ध पनि सम्झौताहीन सङ्घर्ष चलाउनुपर्ने आवश्यकतामा जोड दिएको छ ।

    २०१७ सालमा देशमा कायम भएको निरङ्कुश राजतन्त्र र पंचायती व्यवस्था वा २०५९ सालमा कायम भएको निरङ्कुश प्रत्यक्ष शासन प्रतिगमनविरोधी राजनीतिक शक्तिहरूको संयुक्त मोर्चा नीतिको परिणामस्वरुप नै ध्वस्त भएका थिए । अहिले पनि संयुक्त मोर्चा नीतिको त्यो परम्परालाई अगाडि बढाउ“दै ५ दलीय गठवन्धन बनेको थियो र अहिले स्थानीय चुनावको वेलामा पनि ५ दलीय चुनावी तालमेल भएको थियो । ५ दलीय गठबन्धनका कारणले नै ओलीको संसदलाई विघटन गर्ने दुई दुई पटकका प्रयत्नहरू असफल भएका थिए, ओली सरकार अपदस्थ भएको थियो, एमाले नेतृत्वका प्रदेश सरकारहरू ढलेका थिए र राष्ट्रिय सभाको चुनावमा एमालेको नराम्रो हार भएको थियो । ५ दलीय चुनावी तालमेलका कारणले अहिलेको स्थानीय चुनावमा पनि एमालेलाई ठुलो धक्का लागेको छ । अब प्रदेश र संसदीय चुनावमा एमालेलाई अरू निर्णयात्मक धक्का दिनुपर्ने आवश्यकता छ । देशमा बहुदलीय व्यवस्था, गणतन्त्र र धर्मनिरपेक्षताको रक्षाको लागि एमालेलाई त्यसरी निर्णायक रूपले पराजित गर्नु अहिलेको राष्ट्रिय आवश्यकता भएको छ ।

    यो कुरालाई हामीले स्पस्ट शव्दमा स्वीकार गर्नु पर्दछ कि अहिलेको स्थानीय चुनावमा एमालेलाई निर्णयात्मक रुपले पराजित गर्नु थियो तर त्यो कार्य पूरा हुन सकेन । स्वयम् ५ दलीय चुनावी तालमेलभित्र विभिन्न पक्षहरूका कारणले त्यो कार्य सफल हुन सकेन । ५ दलभित्र एमालेसित चुनावी तालमेल नगर्ने समझदारी बनेको थियो, तर राष्ट्रिय जनमोर्चा बाहेक अन्य पक्षहरूले त्यो ५ दलीय समझदारीलाई इमान्दार रूपले पालन गरेनन । ५ दलभित्रका कतिपय पक्षहरूले तात्कालिक स्थानीय चुनावी सफलताका लागि कैयाँै स्थानहरूमा एमालेसित तालमेल गर्ने नीति अपनाए भने कतिपय पक्षहरूले नीतिगत रूपमा नै ५ दलीय गठबन्धनको वा चुनावी तालमेलको खुला प्रकारले विरोध गरे । उनीहरूका त्यस प्रकारका नीति वा कार्यहरूबाट प्रतिगमनलाई मदत पुग्यो ।

    त्यस प्रकारका नीति वा कार्यहरूमा समयमा नै सुधार गरिएन भने आगामी प्रदेश वा संसदीय चुनावमा प्रतिगमनलाई निर्णयात्मक प्रकारले पराजित गर्नु सम्भव हुने छैन र त्यसको असर बहुदलीय व्यवस्था गणतन्त्रमाथि पर्ने छ । आज गणतन्त्र दिवसको अवसरमा सैद्धान्तिक महत्वको एउटा अर्को कुराप्रति पनि हामी स्पस्ट हुनु पर्दछ : आज देशमा कायम भएको गणतन्त्रद्वारा जनताका आधारभूत समस्याहरूको सम्भव छैन । त्यसका लागि देशमा नया“ जनवादी गणतन्त्रको स्थापना आवश्यक हुने छ । त्यस प्रकारको गणतन्त्र ल्याउनको लागि हामीले लामो क्रान्तिकारी आन्दोलन गर्नुपर्ने छ । तैपनि तत्कालीन दृष्टिले अहिले देशमा कायम भएको गणतन्त्रको प्रगतिशील र सकारात्मक महत्व छ ।

    त्यसैले विद्यमान गणतन्त्रसित हाम्रा गम्भीर प्रकारका सैद्धान्तिक र रणनीतिक मतभेद भएपनि कार्यनीतिक दृष्टिले हामीले त्यसको रक्षाका लागि जोड दिनु पर्दछ । अन्त्यमा आज गणतन्त्र दिवसको उपलक्ष्यमा बहुदलीय व्यवस्था, गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न एकतावद्ध भएर सङर्घष गर्न प्रतिज्ञा गरौँ । प्रतिगमनविरोधी शक्तिहरूको ऐक्यवद्धताको बलमा नै प्रतिगमनलाई रोक्न सम्भव हुने छ र रोक्नु पनि पर्दछ ।
    २०७९ जेष्ठ १५ गते ।’
    मोहनविक्रम सिंह
    महामन्त्री

     

     

    आइतबार, जेठ १५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.