पोखरा । पूर्वपदाधिकारीलाई सेवा उपलब्ध गराउने गण्डकी प्रदेश सरकारको निर्णयप्रति कास्कीका पाँच राजनीतिक दलले आपत्ति जनाएका छन् ।
गण्डकी सरकारले पूर्वपदाधिकारीलाई सेवा सुविधा उपलब्ध गराउन कार्यदल गठन गरेपछि राष्ट्रिय जनमोर्चासहितका गठबन्धन दल विरोधमा उत्रिएएका हुन्।
गठबन्धनमा रहेका नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराल, माओवादी केन्द्र कास्कीका संयोजक बखानसिंह गुरुङ, जनता समाजवादी पार्टी कास्की अध्यक्ष गिरिप्रसाद गुरुङ, राष्ट्रिय जनमोर्चाका कास्की अध्यक्ष रविमोहन भट्टराई र एकीकृत समाजवादी कास्कीका सचिव पूर्ण लामाले संयुक्त विज्ञप्ति जारी गर्दै गण्डकी सरकारलाई सो निर्णयबाट पछि हट्न आग्रह गनुभएको छ ।
‘मुलुकको अर्थतन्त्रमा उतारचढावहरु देखिएको तथा जनताका आधारभुत आवश्यकताहरुलाई सम्वोधन गर्दै विकास निर्माण कामलाई प्रभावकारी रुपमा अगाडी बढाउनु पर्नेमा कुनै पनि नाममा सेवा सुविधा थप गर्ने कार्यलाई उचित मान्न सकिँदैन’,विज्ञप्तिमा भनिएको छ,‘त्यसैले गठित कार्यदललाई तुरुन्त भङ्ग गरि जनपक्षीय काममा केन्द्रीत हुन गण्डकी प्रदेश सरकार समक्ष जोडदार माग गर्दछौँ ।’
