• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

परिवर्तनको आश


  •   शुक्रबार, जेठ १३, २०७९ मा प्रकाशित
  • लक्ष्मण बेलबासे ##

    Advertisement

    भात चिसो भइसकेको छ । तरकारी भर्खर उम्लिएको छ । तातो र चिसोको समिश्रण ठिकै मान्नुपरेको छ । हरि खाना खान थाल्छन् । टिभी हेर्दै खाना खाने अब आदत जस्तै भइसकेको छ ।

    टिभी चलिरहेको छ । देशैभरि चुनावको सरगर्मी पनि बढेको छ । टिभीको काम झनै बढेको छ । चुनावलाई पनि पछि पार्दै अर्को समाचार ट्रेन्डिङमा परेको छ । त्यो अहिले सबैभन्दा भाइरल भएको छ ।

    देश टाट पल्टिसक्यो । भिरको टुप्पोमा पुगिसक्यो । वश अब स्थायी सरकार । अस्थायी सरकार र छाया सरकार मिलेर एक लात्ती हान्न मात्र बाँकी छ । अनि, गुटुङटुङ पल्टिहाल्छ । अर्थमन्त्री र गभर्नर बल गरिरहेका छन् । किन र कसरी भिरको टुप्पोमै पुग्यो ? जनता उत्तेजित छैनन । बजार भाउ आकासिएको छ । कालाबजारी सुरु भइसकेको छ । यहाँ जवाफ माग्ने र उत्तर दिने चलन पहिलेदेखि छैन । जनताको ध्यान भिरको टुप्पोतिर खिचिएको छ । खेल अरू पनि खेलिँदै छ ।

    सबै राजनीतिक दलले पुराना अर्थात् अघिल्लो चुनावमा घोषणा गरेका घोषणापत्रमा के लेखिएको थियो ? सम्पूर्ण बिर्सिसकेका यो बेला फेरि अर्को लेख्नुपर्ने भए को छ ? नयाँ लेख्नकै लागि पनि पुरानो चाहिएको छ । कहिलेकाँही यही टिभीले सोध्यो भने मात्र हो । होइन भने जनताले घोषणापत्र हेरेर भोट हालेको पनि होइन । त्यसैले होला, घोषणा गरेका प्रतिबद्धता के कति पूरा भयो भनेर पार्टी र नेतालाई सोध्ने पनि होइन ।

    त्यसैले सबैले अब पनि पुरानोकै सहरा लिएर नQयाँ तयार पार्ने मात्र त हो । प्रतिबद्धता पूरा गर्न यहाँ कोही बाध्य छैन । घोषणाका लागि घोषणा गर्ने त हो । पार्टीलाई पनि धेरै मिहिनेत गर्नुपर्ने छैन । चुनावको चर्चासँगै हरिनाथको मनमा यस्तै कुरा खेलिरहेका छन् ।

    केही वर्षअगाडि सम्म संसद ठुलाबडा सामन्त र पुँजीपतिहरूको गफ गर्ने थलो मात्र हो । संसदीय व्यवस्थाबाट गरिब किसान तथा मजदुरका समस्या हल हुन सक्दैन भन्दै यही भनाइलाई आत्मसात गरेर जीवनमरणको लडाइँमा सहभागी पनि भएका थिए । त्यही सहभागिताको जगमा आम जनताको सहयोगमा देशमा गणतन्त्र आयो । जहानियाँ शासनभन्दा धेरै प्रगतिशील भए पनि व्यवस्था मात्र बदलियो । शासनसत्ता पुरानै पुँजीपति वा सामन्तकै वरिपरि घुमिरह्यो । उनीहरूकै सेवा गरिरह्यो । जो अवस्था बदल्ने गरी सत्तामा गए, तिनीहरू नै सत्ता र पुँजीको रसस्वादन गर्दागर्दै आफै पुँजीपति भइदिए । अब यो व्यवस्था उनीहरूकै अनुकूलको भएको छ ।

    हिजोका ठुला ठुला कम्युनिस्ट पार्टी नै आजका सानाठुला संसदीय पार्टी भएका छन् । सबै कुरा बिर्सिएर संसदीय अभ्यासमा लागिपरेका छन् । हुन त कम्युनिस्टलाई कार्यनीतिका रूपमा यी सबै गर्न छुट पनि छ तर वास्तविकता अर्कै हुँदै गएको छ । चुनावी सफलता नै अब रणनीति भइसकेको छ । पुँजीवादले यस्तो बनायो । अब चिडियाखानाको बाघ जस्तै कम्युनिस्ट हुन थालेका छन् । सिकार गर्ने क्षमता गुमाइसके जस्तो । चिडियाखानाको बाघले सोच्दछ । ठुलो जङ्गल पनि यही हो र यहाँको शेर पनि उही हो । ऊ त अझ सुधारिएको । अब उसले आफ्नो आहाराका लागि कसैको हत्या गर्नुपर्दैन । ऊसँग अब कोही डराउँदैन । उसैलाई हेर्न दुनियाभरका मान्छे कोसेलीसम्म लिएर आउँछन् । तर उसलाई लाग्छ, ऊ बाघ हो, अझै पनि मासुबाहेक अरू केही खाँदैन ।

    संसदीय अभ्यासमा आवधिक चुनाव यसको मेरुदण्ड हुने गर्दछ । यो पुँजीवादको सबल पक्ष पनि हो । पुँजीपतिका लागि आफू जनानुमोदित भएको प्रमाण र सुनपानी पनि यही चुनाव हुने गर्दछ । हुन त कम्युनिस्टहरूले संसदीय अभ्यासबाट अवस्थामा परिवर्तन ल्याउन सकिँदैन भन्ने कुरामा विश्वास गर्नुपर्ने हुन्छ तर पनि यहाँ यिनै कम्युनिस्ट पार्टीहरू नै सच्चा संसदीय पार्टी भइसकेका छन् । अब उनीहरूकै लागि पनि उनीहरूकै भाषामा भन्नुपर्दा यही बुर्जुवा चुनाव नै सुनपानी भएको छ ।

    विश्वमै समाजवादी धार रक्षात्मक अवस्थामा पुगेको यसको वास्तविकता हो तर पनि हाम्रो संविधानमा समाजवाद लिखित रूपमा नै आइसकेको छ । यसले बताउँछ, हाम्रो गन्तव्य समाजवाद नै हो तर हाम्रो समाजवाद कस्तो हुने र कसरी समाजवादसम्म पुग्ने ? कुन बाटोबाट पुग्ने ? कतै व्याख्या भने पाइँदैन ।

    सच्चा कम्युनिस्ट संसद्को बाटो साँच्चिकै समाजवाद र साम्यवादसम्म पुग्ने कुरामा विश्वास पनि गर्दैनन् । यो माक्र्सवादी–लेनिनवादी बाटो हुनै सक्दैन । विश्वभरका पुँजीवादी देशहरू समाजवादी अर्थात् साम्यवादीहरूलाई सिध्याउने तहमै उत्रिएको यो बेला जनमत अर्थात् क्रन्तिकारी विचारलाई जोगाइराख्न कठिन पनि छ । यही प्रतिकूल अवस्थामा यही व्यवस्थालाई अधिकतम उपयोग गरेर जनताका जनजीविका तथा तिनका अधिकारको सुनिश्चितता र यो व्यवस्थाको भण्डाफोर नै चुनाव उपयोगको कार्यनीति हो । विश्वभर मार्सल् प्लान अहिले पनि विभिन्न रूपमा सक्रिय नै छ । भर्खरै नेपालको संसद्बाट पास भएको एम.सी.सी. पनि यही योजनाको परिणाम हो तर कम्युनिस्टकै रणनीति चुनावदेखि चुनावसम्म बनेको यो बेला अरूका लागि यो झनै ठुलो उत्सव हुने नै भयो ।

    पहिले पहिलेका चुनावको पनि अनुभव लिइसकेका हरिलाई यो नौलो विषय पनि होइन र संसदीय अभ्यासमा विश्वास नभएका कारण धेरै रुचि पनि छैन र पनि पार्टीको निर्देशनलाई शिरोधार्य गर्न उनी नैतिक रूपमा बाध्य छन् ।

    सम्पूर्ण सञ्चारका माध्यम अब यही विषयमा केन्द्रित हुन थालेका छनु । सर्वत्र चुनावकै चर्चा हुन थालिसकेको छ । कम्युनिस्ट पार्टी नीति, सिद्धान्त, वाद र विचार सबैलाई पोको पारेर सन्दुकमा राखेर अनुकूलतामा खोलौँला भनी चाबी लगाएर राखेको यो बेला विचार, वाद र सिद्धान्तका कुरा गर्नु गर्मीमा आगो ताप्ने जस्तो लाग्छ उनलाई । पुँजी हुनेहरूको यो जुधाइमा भुइँ मान्छेको भुमिका उनीहरूको गतिलो या अप्ठेरो ग्राहक बन्नु मात्रै त हो । मनमनै कुरा खेलाउँछन् हरि । अघिल्लो पालि पनि यस्तै भएको हो । अब हुने पनि फरक हुने कुरै भएन ।

    धेरै पछि आज फेरि हरिको ढोका कसैले ढकढक्याएको छ । हरि अलमलमा पर्छन् । भाडा बुझाउने बेला त भएको छैन । को आयो त भन्दै ढोका खोल्छन् ।

    आश्चर्य लाग्छ, कहिल्यै यहाँसम्म नआउने पुराना मित्र गोपीनाथ रहेछन् । गाडी राख्ने ठाउँ नभएर कस्तो ठाउँमा बसेको भन्दै भुन्भुनाउँदै भित्र पस्छन् । हरि स्वागतसँगै अभिवादन टक्याउँछन् । अँध्यारो र त्यो सानो कोठा भान्सा र सुत्ने एकै ठाउँमा छ । गोपीनाथलाई केही समय बस्न पनि अप्ठेरो भइसकेको छ तर पनि मनको व्यथा बिसाउँदा केही खुकुलो होला भनेर बसेका छन् । त्यही पनि भनिहाल्छन् । हरि कस्तो ठाउँमा बसेको ? गाडी पार्क गर्ने ठाउँ पनि छैन । भ¥याङ उक्लिँदै कता कता ठोक्किएला भन्ने डर ।

    हरि पानी खाऊँ भनेर सोध्दै अवस्थालाई सहज बनाउने कोसिसतिर लाग्छन् । मनमनै भन्छन्– नयाँ वर्गशत्रु आज यहाँसम्म आएछन् ।

    उता, गोपीनाथ पनि मनमनै सोच्दछन् । यत्रो वर्ष राजनीति गरेर पनि केही गर्न नसक्ने यही हरि जस्ता मात्रै हो । अहिलेसम्म पनि भाडामा, त्यो पनि यस्तो थोत्रे घरमा ।

    दुवै जना हरिको बिस्तरामै बसेका छन् । सामान्य भलाकुसारीपछि गोपी विषयवस्तुभित्र पसेका छन् । समस्या दर्साएका छन् ।
    गोपीनाथलाई लागेको छ, अहिले आएर पार्टीले धोका दिएको छ ।
    हरि अचम्म मान्दै सोध्छन्– “कसरी” ?
    गोपी भन्छन्– “अध्यक्षको चुनाव खर्चसमेत मैले ब्यहोर्छु र अरू धेरै लगानी पनि गर्न सक्छु भन्दा पनि अझै अर्को मभन्दा पनि कनिष्ठ नयाँ ठेकदारलाई जिम्मेवारी दिन्छन् जस्तो छ । हिँजो सँगै जीवनमरणका लडाइँ लडेका क्रान्तिकारी हामी । टिकट हिँजोका नवप्रवेशी, नवधनाढ्यको हातमा अनौठो भयो । त्यसैले तपाईंहरूले सहयोग गर्नुप¥यो ।”
    सुनेरै हरि दङ्ग पर्छन् । हरि नाजवाफ हुन्छन् ।

    पहिलेकै चुनावमा अन्तर्घातको नमुना बनेका गोपी गतिला अवसरवादी पनि हुन । पहिलेकै चुनावमा आफ्नै कमरेडलाई हराउन अर्को प्रतिस्पर्धीबाट मोटो रकम लिएर छद्मभेषी रूपधारण गर्दै प्रतिपक्षीलाई जिताएर अझै धनी भएका गोपी अहिले बडो इमान्दार बनेर अर्को अवसर हात पार्न खोजेका छन् । अहिले गाईको पुच्छर समाएर वैतरणी तर्न जुरेको यो अवसर पनि आफ्नै पोल्टामा पार्न लागिपरेका छन् ।

    सबै कुरा बुझेका हरि नबोली बस्छन् । धेरै बेर नबोली घोरिइरहन्छन् । अन्ततः हुन्छ÷हुन्न केही नभनी गोपीनाथलाई बिदा गर्दछन् । गोपी पनि सहयोगको अपेक्षा राख्दै बिदा हुन्छन् । यसै पनि धेरै बेर बस्न उनलाई अप्ठेरो भएको थियो ।

    हरि उसैगरी खाटमा पल्टिन्छन् । जिउमा आलस्यता बढेको छ तर पनि निदाउन सकेका छैनन् । अब मनमा कुरा खेल्न थालेका छन् ।

    विचार गर्छन्, बेहोसी नै बनेर नेताहरू गरिब किसानको भावनासँग खेलिरहेका छन् । गरिबको प्रतिनिधित्व गरेर हिँजो सत्तामा पुगेको मध्यमवर्ग पनि पुँजीपति वर्गमै रूपान्तरण भइसकेका छन् । भुइँमान्छे यहाँ कसैको नजरमै परेका छैनन् । यहाँ राजनीति गर्न सबैलाई गरिब, हेपिएका, दबिएका मान्छेहरू नै उर्वर हुने गरेका छन् । लडाइँको अग्रभागमा जानलाई तथा भोट बैङ्क पनि मूलतः उनीहरू नै हुन्छन् । यो वर्ग अशिक्षा र गरिबीकै कारण सहजै प्रभावित पनि हुने गर्दछ । झुटा आश्वासन पनि सत्य नै ठान्ने यो वर्गका मत किन्ने र भावनासँग खेल्ने काम नेताले धेरै गरिसकेका छन् ।

    यस्तै कुरा खेल्दै गर्दा उनका नजर नजिकै रहेको ‘माओका चुनिएका रचना’ भन्ने पुस्तकमा पर्छ । पुस्तक हातमा लिएर पल्टाउन थाल्छन् । किताब पनि अल्छी गरेरै पढ्न थालेका छन् ।

    उनलाई लाग्छ, चीनमा जस्तै अहिले अबोध भनेको वर्गसचेत हुँदै आफ्नै भूमिमा हामीमाथि शोषण गर्दै मोटाएका वर्गमाथि धावा बोल्न थाले के होला ? अझ यिनै शोषित–पीडित वर्गको मुक्तिको नाममा राजनीति गर्ने कम्युनिस्ट पार्टीको अवस्था कस्तो होला ? कल्पना जस्तो लाग्ने यो विषय वास्तविकतामा बदलिन के बेर ? दिनरात मिहिनेत गर्ने किसानले उत्पादनको उचित मूल्य नपाउने र श्रमजीवी मजदुरहरूले दिनभरि काम गरेर एक दिन खाना नपुग्ने ज्याला र त्यसमै पनि रोजगारी नपाउनुको अर्को पीडा । जब यी सबै कुरा एकमुष्ठ विस्फोट हुने छ, हातमा औजार लिएर जाइलाग्ने यो वर्गको आक्रोशको अगाडि यही वर्गको भोट र भावनासँग खेल्दै नवधनाढ्य बनेको तथा पुरानै यो समाजको उपरी वर्ग भन्न रुचाउने वर्गको सेनापुलिस पक्कै फिक्का हुने छ । दिनभरि खेतबारीमा लडेर मूल्य नपाउने किसान र दिनभरि काम गरेर बेलुका खान नपुग्ने ज्याला पाउने मजदुर जब दुध बाटोमा पोख्दै र खेती खेतमै फालेर सडकमा आउने छन्, त्यो बेला त्यो आक्रोशको निशाना पाँच रुपैयाँमा किनेको काउली सय रुपैयाँमा बेच्ने यही राज्यव्यवस्था हुने छ; विदेशी उत्पादनलाई ढोका खुला राखेर स्वदेशी उत्पादन डुबाउने शासक वर्ग हुने छ ।

    गरिब र किसानको स्वदेशी उत्पादन महङ्गो हुने र आयातित उत्पादन सस्तो हुने यस्तो विडम्बनाबाट मुक्तिको प्रयास गरिब किसानले पक्कै पनि गर्ने छन् । जवाफ यही नेतृत्वले दिनुपर्ने छ । हिँजो हजारौँ गरिब किसान मजदुर तथा सीमान्तकृत तथा उत्पीडित र उपेक्षितको बलिदान र हुँङ्कारले दुला पसेकाहरूले आजै यति चाँडै खुलामञ्चबाटै खुलमखुल्ला गणतन्त्रलाई चुनौती दिने हिम्मत जुटाएका छन् । यो सबैको कारक को हो ? परिवर्तनका बाहक तिनै गरिब किसानले जवाफ माग्ने छन्, यही नेतृत्वसँग ।

    उनलाई लाग्छ, त्यति बेला एैजरु जस्तै पलाएका धनी कम्युनिस्ट र खराब पुँजीपतिको पुँजीको संरक्षण गरिदिने तागत कसैमा हुने छैन ।

    अवस्थाले अहिलेका यिनै अबोध भनिएका गरिब किसान कालभैरव हुने छन् । त्यति बेला यिनीहरूको पुँजीले यिनीहरूकै संरक्षण गर्न सक्ने छैन ।

    हिजो आफूलाई कम्युनिस्टबाट कमाउनिस्ट बनाउँदै गएका कम्युनिस्टको अवस्था कमजोर भएको छ । झुटका पर्दा च्यातिदै जाँदा सबैका वास्तविक मुखौटा देखिन थालेका छन् । जनताले ठुलाबाट साना पार्टी बनाइदिएका यी पार्टीलाई सत्ताको लोभ अझै हराएको छैन । हिजो आफैले प्रधान शत्रु भनेर ठुला ठुला अक्षरले दस्तावेजका पाना भरेका नेता आजै कार्यनीतिको दुहाइ दिँदै त्यही प्रधान शत्रुको खुट्टा समाएर वैतरणी तर्न लागिपरेका छन् । कार्यनीतिले रणनीतिको सेवा गर्नुपर्छ भन्ने सामान्य सिद्धान्त पनि भुलाएर सर्वसाधारणलाई अन्योलमा राख्ने कोसिस गरेका छन् । सत्ताको दौडमा कुन बेला गाईले खुट्टा छड्काइदिन्छ, त्यति बेला पक्कै सागरको गहिराइमा फेरि आफ्नो अस्तित्व खोज्दै गर्दा अर्कै कित्तामा पुगेका हुने छन् ।

    आफैले समाइराखेको पुस्तक माओका चुनिएका रचना फेरि पल्टाउँछन् ।

    माओ लेख्छन्– हाम्रा शत्रुहरू को हुन् ? हाम्रा मित्रशक्ति को हुन् ? यो क्रान्तिका लागि प्राथमिक महत्वको सवाल हो । चीनमा पहिलेका सबै क्रान्तिकारी सङ्घर्षहरूले यति कम उपलब्धि हासिल गर्नुको कारण के थियो भने ती सङ्घर्ष सच्चा शत्रुमाथि हमला गर्नको लागि सच्चा मित्रहरूसित एकताबद्ध हुन सकेनन् । क्रान्तिकारी पार्टी जनताको पथप्रदर्शक हो र सो क्रन्तिकारी पार्टीले जनतालाई अलपत्र पारेमा कुनै पनि क्रान्ति कहिल्यै सफल हुँदैन ।

    हरि पढ्दै सोच्दै गर्छन्– क्रान्तिकारी नेताको उठबस सबै सम्भ्रान्त वर्ग र पुँजीपति ठुला ठेकेदार र व्यापारी वर्गसँग मात्र हुन थालेको धेरै भइसक्यो । क्रान्तिकारी वर्ग, जसलाई क्रान्ति चाहिएको छ, त्यही वर्गबाटै कम्युनिस्ट पार्टी खोसिएका छन् । यही वर्ग पार्टीबाट टाढा लगिँदै छ । यही चुनावको बेला मात्रै यो वर्गसँग पनि कम्युनिस्ट पार्टी जोडिन खोज्दछन् । भोटिङसँगै यो वर्गसँग पार्टीको डिभोर्स सुरु हुने गर्छ ।

    हरि निदाउन पनि सकेका छैनन् । ध्यान दिएर पढ्न पनि सकेका छैनन् । बेला बेला वास्तविकतासँग ठोकिन पुग्छन् । जिउ नै सिरिङ्ग हुन्छ ।

    कता हिँडेको मान्छे कता पुगे जस्तो लाग्छ । क्रान्ति उनीबाट टाढा भाग्दै गए जस्तो लाग्छ । अब त कम्युनिस्ट पार्टी पनि नाम मात्रै कम्युनिस्ट भएका पुँजीवादी पार्टी जस्तै लाग्छ । जनताको नाममा शपथ खाएर जनतालाई धोका दिँदै व्यवस्था अनुकूल हुने संसद्वादी कम्युनिस्ट कम्युनिस्ट हुनै सक्दैन ।

    भन्न मन लाग्छ, तिमीहरूको पार्टीलाई कम्युनिस्ट पार्टी लेख्ने र तिमीहरूलाई कम्युनिस्ट भन्ने अधिकार पनि छैन ।
    मन लाग्छ, सच्चा देशभक्त माक्र्सवादी–लेनिनवादी क्रान्तिकारी विचारले निथु्रक्कै भिजेकाहरूले विद्रोह गर्नुपर्दछ । नयाँ क्रान्तिकारी सङ्गठनको निर्माण गर्नुपर्दछ ।

    मनमनै आह्वान गर्छन्– सम्पूर्ण समानताको आशामा विभिन्न नाम मात्रैका कम्युनिस्ट पार्टीमा ठगिएका सच्चा कम्युनिस्टहरूलाई ।

    सोचाइमा डुबेका हरि झसङ्ग हुन्छन् । मोबाइलको घण्टी आज पनि उसै गरी बजेको छ । आफ्नै कमरेडहरूकै मोबाइलले घण्टी बजाएको छ । झोला मिलाउनुपरेको छ । भोलिदेखि फेरि पहिले जस्तै चुनाव प्रचार प्रसारको लागि गाउँ गाउँ जानुछ । सहरमा परिवर्तनको आश देखाउँदै ठुला ठुला भाषण गर्नुछ ।

    हरि अल्छी मान्छन् । बिहानका जुठा भाडा माझ्नुछ ।
    भोलिको तयारीमा जुट्नुछ ।

    शुक्रबार, जेठ १३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • २.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ३.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ४.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ५.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ६.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ७.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • ८.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.