• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

स्थानीय स्वशासनलाई मौलिक हकमा समावेश गर्न राजमोको माग


  •   मङ्गलबार, जेठ १०, २०७९ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाले स्थानीय स्वशासनलाई मौलिक हकमा समावेश गर्न माग गरेको छ ।

    Advertisement

    अध्यक्ष चित्रबहादुर केसीले मंगलबार वक्तव्य प्रकाशित गरी स्थानीय तहमा जनताले आफ्ना जनप्रतिनिधिहरु चयन गर्न पाउने स्थानीय स्वशासनको अधिकारलाई महत्वका साथ उठाउँदै र त्यसका लागि संघर्ष गर्दै आएको स्मरण गर्नुभएको छ ।

    ‘संविधान सभाद्वारा संविधान निर्माणको क्रममा जनताको स्थानीय स्वशासनको अधिकारलाई संविधानको मौलिक हकभित्र समावेश गर्नुपर्दछ भनेर हामीले जोड दिएका थियौँ । स्थानीय तहको निर्वाचनबाट जनताले आफ्ना जनप्रतिनिधिहरु प्राप्त गरेका छन् । स्थानीय विकासको काम समेत अगाडि बढ्ने छ कुरामा हाम्रो विश्वास रहेको छ’ वक्तव्यमा भनिएको छ ।

    राजमोले समयमा नै स्थानीय तहको निर्वाचन सम्पन्न भएकोमा प्रसन्नता व्यक्त गरेको छ । साथै स्थानीय तहमा चुनावको समीक्षा गर्ने पनि जनाएको छ।

    यस्तो छ वक्तव्य :
    ‘२०७९ जेठ ९ गतेका दिन राष्ट्रिय जनमोर्चा केन्द्रीय सचिवालयको विस्तारित बैठक दलका अध्यक्ष का. चित्रबहादुर केसीको अध्यक्षतामा बस्यो । बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्न यो वक्तव्य जारी गरिएको छ ।

    १. बैठकमा २०७९ बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनको समीक्षा गरियो । सर्वप्रथम बैठकले समयमा नै स्थानीय तहको निर्वाचन सम्पन्न भएकोमा प्रसन्नता व्यक्त गरेको छ । हाम्रो पार्टीले स्थानीय तहमा जनताले आफ्ना जनप्रतिनिधिहरु चयन गर्न पाउने स्थानीय स्वशासनको अधिकारलाई महत्वका साथ उठाउँदै र त्यसका लागि संघर्ष गर्दै आएको सबैमा विदितै छ । संविधान सभाद्वारा संविधान निर्माणको क्रममा जनताको स्थानीय स्वशासनको अधिकारलाई संविधानको मौलिक हकभित्र समावेश गर्नुपर्दछ भनेर हामीले जोड दिएका थियौँ । स्थानीय तहको निर्वाचनबाट जनताले आफ्ना जनप्रतिनिधिहरु प्राप्त गरेका छन् । स्थानीय विकासको काम समेत अगाडि बढ्ने छ कुरामा हाम्रोे विश्वास रहेको छ ।

    २. स्थानीय तहको निर्वाचनमा प्रतिगमनलाई परास्त गर्नका लागि हाम्रो दलले नेका, माओवादी सहितका पाँच दलसँग गठबन्धन गरेको थियो । विगतम केपी ओली नेतृत्वको प्रतिगमनलाई पाँच दलीय गठबन्धनले पटक पटक परास्त गर्दै आएको थियो । अहिलेको स्थानीय तहको निर्वाचनमा पनि ओली नेतृत्वको प्रतिगमनलाई परास्त गर्न पाँच दलीय गठबन्धन सफल भएको छ । त्यसैले प्रतिगमनका विरुद्ध हाम्रो पार्टी सहितले गरेको पाँच दलीय गठबन्धन मूलतः सही थियो भन्ने कुरा राष्ट्रिय राजनीतिमा पुनः पुष्टि भएको छ । स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धनको परिणाम नै प्रतिगमनलाई परास्त गर्न सफलता प्राप्त भएको छ । त्यसैले पाँच दलीय गठबन्धनलाई प्रदेश तथा केन्द्रीय निर्वाचनसम्म सँगै लैजानु पर्ने कुरामा बैठकले जोड दिएको छ ।

    ३. स्थानीय तहको निर्वाचनमा प्रतिगमनलाई परास्त गर्न पाँच दलीय गठबन्धनले प्राप्त गरेको सफलताको प्रशंसा गर्दै बैठकले पाँच दलमा आबद्ध कतिपय पक्षले एमालेसँग सहकार्य गरेको, गठबन्धनको निर्णयका विरुद्ध गएर गठबन्धनका उमेदवारलाई पराजित गर्न अन्य पक्षसँग साँठगाँठ गरेको, बागी उमेदवारी दिएको र गठबन्धनको मूल्य मान्यता विपरीत कैयाँै ठाउँमा दम्भ प्रदर्शन गरी सहकार्यमा वा चुनावमा संयुक्तरुपमा मिलेर जाने कुरामा बाधा पु¥याउने काम भएको जसको परिणाम एमालेलाई केही आंशिक लाभ पुगेको कुरातर्फ पनि बैठकको ध्यान गएको छ । गठबन्धनलाई स्वस्थ तथा मैत्रीपूर्णरुपमा अगाडि बढाउनका लागि गठबन्धनले गर्ने निर्णय र त्यसको सीमाभित्र रहेर नै हामी सबैले काम गर्नु पर्दछ । त्यसो गर्न सकेमात्र गठबन्धनलाई अगाडि बढाउन तथा प्रतिगमनलाई निर्णायक रुपमा परास्त गर्न मद्दत पुग्ने छ । त्यसतर्फ सरोकारवाला सबैको ध्यान जानुपर्ने कुरामा बैठकले जोड दिएको छ ।

    ४. गत स्थानीय तहको निर्वाचनभन्दा पाँच दलीय गठबन्धनका कारण यो निर्वाचनमा हाम्रो दललाई तुलनात्मक रुपमा केही बढी सफलता प्राप्त भएको छ । गतसालको निर्वाचनमा हामीले गाउँपालिका स्तरको नेतृत्वमा मात्र विजय प्राप्त गरे पनि नगरपालिकामा हामीले जीत हासिल गर्न सकेका थिएनौँ । तर यो निर्वाचनमा हामीले गाउँपालिकाका साथै केही नगरपालिकाका नेतृत्व तथा सह–नेतृत्वमा समेत विजय हासिल गर्न सफल भएका छौँ । तर विगतदेखि हामीले जित्दै आएका केही पालिका गुमाउनु परेको छ । ती पालिकामा के कति कारणले हामीले पराजय भोग्नु प¥यो त्यसको पनि हामीले गम्भीर समीक्षा गर्नुपर्ने आवश्यकता छ । त्यसो गरेर नै आगामी चुनावहरुमा हामीले त्यो स्थिति दोहोरिनबाट रोक्न सक्ने छौँ ।

    ५. हालै सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यबृद्धिले जनतालाई निकै नै आहात पुराएको छ । सरकारले गरेको मूल्यबृद्धिको कडा विरोध गर्दै उक्त मूल्यबृद्धि फिर्ता लिन तथा बढ्दो महंगीलाई नियन्त्रण गर्न सरकारलाई प्रभावकारी कदम चाल्न बैठकले जोड दिएको छ ।

    ६. स्थानीय तहमा पार्टी संगठनको कामलाई अगाडि बढाउन निर्वाचन सम्बन्धी समीक्षा बैठक बस्ने र ती बैठकहरुमा केन्द्रबाट नै प्रतिनिधि खटाउने निर्णय भएको छ । ती समीक्षा बैठकका कार्यक्रमहरुलाई सफल पार्न सम्बन्धित सम्पूर्ण पार्टी समितिहरुलाई हार्दिक अनुरोध गर्दछौँ ।’
    धन्यवाद !

    मितिः २०७९ जेठ १० गते
    चित्रबहादुर के.सी.
    अध्यक्ष

    मङ्गलबार, जेठ १०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.