जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका विद्रोही उम्मेदवार मनोजकुमार साह (घन्टाघर छाप) विजयी भएका छन् । उनी निकटतम प्रतिद्वन्द्वीभन्दा ३ हजार ९३३ मत अन्तरले विजयी भएका हुन् ।
मनोजले १३ हजार ४६५ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार शिवशंकर साह हिराले ९ हजार ५३२ मत प्राप्त गरे।
यस्तै, तेश्रो नम्बरमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार मनोजकुमार चौधरीले ५ हजार ३६० मत पाएका छन् भने चौथो नम्बरमा गठबन्धबाट जसपाका उम्मेदवार निवर्तमान मेयर लालकिशोर ५ हजार १९४ मतमा सिमित भए।
यस्तै, उपमेयरमा गठबन्धनबाट कांग्रेसका उम्मेदवार किशोरी साह विजयी भएका छन्। उनले १५ हजार ५२५ मत ल्याएर निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी रुना झाले १० हजार ८८५ मत ल्याएकी छन्।
तेस्रो नम्बरमा लोसपाकी उम्मेदवार निवर्तमान उपमेयर रिता झा ५ हजार ८१७ मतमा सिमित भइन्।
जनकपुमा मेयरमा कांग्रेसका विद्रोही स्वतन्त्र उम्मेदवार जितेको इतिहास पुनरावृति भएको छ। कांग्रेसकै विद्रोहीले २०७४ बाहेक विगतमा मेयर र उपमेयर जितेको इतिहास छ। यसपटक कांग्रेबाट विद्रोही स्वतन्त्र उम्मेदवार मनोज साह जितेर इतिहास पुनरावृति गरेका हुन् ।