बेलबहादुर रजाली, भारत ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले नेता दलबहादुर सोनीप्रति श्रद्वाञ्जली अर्पण गरेको छ ।
Advertisement
आज (आइतबार) एकता समाज मध्य पश्चिमोत्तर क्षेत्रीय समितिले एक कार्यक्रम गरी श्रद्धाञ्जली अर्पण गरेको हो ।
दलबहादुर सोनी एकता समाज मध्य पश्चिमोत्तर क्षेत्रीय समितिको सल्लाहकार हुनुहुन्थ्यो ।
कार्यक्रममा समाजका केन्द्रीय परिषद सदस्य रामप्रकाश शर्मा, क्षेत्रीय सल्लाहकार बाबुराम थापा, जयपुर दक्षिणका अध्यक्ष ओम थापा, जयपुर उत्तरका टंक थापाले दलबहादुर सोनीको फोटोमा पुष्प अर्पण गर्दै मन्तव्य दिनुभएको थियो ।
कार्यक्रमको सञ्चालन नारायण ज्ञवालीले गर्नुभएको थियो भने अध्यक्षता बेलबहादुर रजालीले गर्नुभएको थियो ।
दलबहादुर सोनीको गत वैशाख २८ गते (मइ ११) मा ब्रेन हेम्ब्रेजका कारण निधन भएको थियो ।