काठमाडौं । अर्घाखाँचीका विष्णु भुसालले सगरमाथाको सफल आरोहण गर्नुभएको छ ।
Advertisement
भुसालले जलवायु परिवर्तन र विश्व मानवलाई असर पारेको असरसम्बन्धी सन्देश दिन सगरमाथाको आरोहण गरेको बताउनुभएको छ ।
कानुन व्यवसायीसमेत रहेका ६३ वर्षीय भुसाल नेपाल बारको ब्यानरसहित सगरमाथाको चुचुरोबाट जलवायु न्यायको लागि आवाज उठाउने पहिलो कानुन व्यवसायी भएको बताइएको छ ।
सफल प्रो पब्लिकर फ्रेन्ड्स अफ अर्थका सदस्य अधिवक्ता भुसालको सगरमाथा आरोहणले अर्घाखाँची जिल्ला, लुम्बिनी प्रदेश र सिंगो नेपाल लाई विश्व सामु चिनाउन सफल हुनुभएको छ ।