काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह १६ हजार भन्दा बढी मतले अग्रता कायम गरेका छन् ।
कुल खसेका मतमध्ये ९८ हजार ३४८ मतपत्रको गणना हुँदा सुरुवातबाटै अग्रस्थानमा रहेका शाहको मत संख्या ३६ हजार ६१ पुगेको छ।
पछिल्लो गणनामा नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहले एमाले उम्मेदवार केशव स्थापितलाई ९८ मतले पछि पारेकी छन् ।
सिंहले १९ हजार ६६३ मत पाउँदा स्थापितले १९ हजार ५६५ मत प्राप्त गरेका छन्।
काठमाडौँमा अहिलेसम्म १, २, ३, ४, ५, ६, ८, २८, २९, ३०, ३१ र ३२ नम्बर वडाको मत गणना सम्पन्न भइसकेको छ।
अहिले वडा नम्बर ७, ९, १०, ११, २४, २५, २६ र २७ नम्बर वडाको मत गणना चलिरहेको छ।
मत गणना जारी रहेको वडा मध्ये ७, ९, १०, ११ र २६ मा स्वतन्त्र उम्मेदवार शाहको अग्रता देखिएको छ।
वडा नम्बर २४, २५ र २७ मा भने उनी कांग्रेसका सिंह र एमालेका स्थापित भन्दा पछि छन्।