दाङ । राष्ट्रिय जनमोर्चा, दाङले स्थानीय निर्वाचनमा एक जना वडाअध्यक्षसहति सात जनप्रतिनिधिलाई विजयी गराउन सफल भएको छ ।
राप्ती गाउँपालिका ४ मा वडाअध्यक्षसहित राप्ती, गढवा र तुलसीपुरबाट राजमो उम्मेदवारहरु विजयी भएका हुन् ।
राप्ती गाउँपालिका ४ का वडाअध्यक्षमा वीरबहादुर चौधरी निर्वाचित हुनुभएको हो । सोही वडाको वडासदस्यमा समिता चौधरी निर्वाचित हुनुभयो ।
यस्तै, तुलसीपुर उपमहानगरपालिका ४ को वडासदस्यमा द्रोण घर्ती, गढवा गाउँपालिका ६ बाट दीनमणि आचार्य र ४ बाट टुकमान कुँवर, राप्ती गाउँपालिका २ बाट मनबहादुर पुन र ३ बाट चम्पा आचार्य वडासदस्यमा निर्वाचित हुनुभएको छ।
गएको २०७४ सालको निर्वाचनमा कुनै स्थान हासिल गर्न नसकेको राजमोले यसपटक सात जना विजयी गराउन सफल भएको हो ।
दाङमा कतिपय स्थानमा पाँचदल भित्रका दलहरुसँत तालमेल थियो भने कतिपय स्थानमा राजमो एक्लै चुनावी मैदानमा थियो ।