• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

‘छोइछिटो’ : समाज र परिवारप्रतिको संवेदनशीलता तथा विभेदप्रतिको विरोध


  •   शनिबार, जेठ ०७, २०७९ मा प्रकाशित
  • प्रकाश थापामगर ##

    Advertisement

    निष्कर्ष
    लेखकले लेखकीयमा नै लेखेका छन्– “अटोग्राफ भर्दा मुक्तकहरूलाई कलात्मक बनाउने होडमा मभित्र साहित्यको दियालो जलेको थियो ।” अहिले अटोग्राफ भर्ने चलन त करिब करिब समाप्त भइसकेको छ तर दीपको साहित्यिक यात्रा भने निरन्तर चलिरहेको छ ।

    पुस्तकको शीर्षक “छोइछिटो” राखिएको छ । कृतिभित्र यस शीर्षकसित सम्बन्धित रहेका “अछुत”, “प्रबोधन”, “रक्तिम भेरी”, “छोइछिटो”, “सुसाइड”, “अवसाद” जस्ता लघुकथा रहेका छन् । तर खालि नेपालको जातीय विभेदको रूपमा ‘छोइछिटो’ मात्र प्रस्तुत पुस्तकको सम्पूर्ण विषय होइन । ईरानराईले लेखे झैैँ यसमा मूलतः चार प्रकारका लघुकथा अटाएका छन् : १. पारिवारिक, २, सामाजिक विभेद, ३. प्रवासी जीवन र ४. यौनविकार । त्यसमध्ये लेखकले सामाजिक विभेदसित सम्बन्धित विषयवस्तुलाई पुस्तकको आवरण बनाएका छन् । रेखा सुवेदीले लेखे झैँ पुस्तकले “शालीन विद्रोह” को भाषा बोलेको छ ।

    समग्रमा भन्नुपर्दा नेपाल र हङकङमाझ यात्रा गरिरहँदा लेखकले सामना गरेका सामाजिक अनुभूति र विकृतिको सम्बन्धमा लेखकको साहित्यिक प्रतिक्रिया नै “छोइछिटो” को मुख्य विषयवस्तु हो ।

    प्रारम्भ
    दीप मङ्ग्राती ‘निरीह’ द्वारा लिखित पुस्तक आकार कृति “छोइछिटो” प्रकाशित भएको छ । मोरङको बेलबारीमा बसोबास गर्दै आएका दीपका कलम कथा, कविता, मुक्तक, गीत, गजल, नियात्रा जस्ता साहित्यिक विधामा चल्ने गरेका छन् । “छोइछिटो” भने लघुकथा कृति हो । उनी हङकङमा समेत बस्ने गरेका छन् । त्यसकारण उनका कथामा नेपाल र हङकङमाझका सामाजिक अनुभूति इङ्गित भएको पाइन्छ ।

    कृति परिचय
    दीपको प्रस्तुत पुस्तक कुल १२६ पृष्ठमा विस्तारित छ । त्यसमध्ये १९ पृष्ठ प्रारम्भिक प्रकृतिका छन् भने १०७ पृष्ठ पुस्तकको मुख्य माग हो । त्यसमा कुल ५७ ओटा लघुकथा समावेश छन् ।

    पुस्तकको प्रारम्भमा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीको शुभकामना रहेको छ । त्यसपछि पुस्तकको बारेमा युद्धप्रसाद प्रतिष्ठान काठमाडौँका अध्यक्ष अनिल पौडेल, ब्यङ्ग्यकार ईरानराई, अमेरिका निवासी साहित्यकार खेमराज पोखरेल, मोरङकै अर्की साहित्यकार रेखा सुवेदी, नेपाली साहित्य प्रतिष्ठान हङकङका अध्यक्ष टङ्क सम्बाहाम्फे, बेलबारी साहित्य विकास समिति मोरङकी अध्यक्ष तिला लेकालीका कलम चलेका छन् । विषयसूचीभन्दा पहिले दीपले नै लेखकीय लेखेका छन् ।

    २०७८ फागुनमा प्रकाशित प्रस्तुत लघुकथा कृतिको मूल्य ४५५ रुपियाँ कायम गरिएको छ । पुस्तकको प्रकाशन बेलबारी साहित्य विकास समिति मोरङले गरेको हो ।

    कथावस्तु
    कृतिमा समावेश गरिएका ५७ ओटा लघुकथाका कथावस्तुलाई अति सङ्क्षिप्तमा यसरी उल्लेख गर्न सकिन्छ :

    १. अछुत : हुरीबतास आउँदा कुकुर मन्दिरभित्र सुत्न पाउनु तर दलित समुदायले भने प्रवेश नपाउनु ।

    २. भाडाको लोग्ने : पतिको देहान्तपछि छोरी छोडेर पुनर्विवाह गरेकी महिलालाई उनको पतिले मध्यपान सेवन गरेर परपुरुषसामु सुम्पिदिन्छ ।

    ३. अग्र्यानिक : अग्र्यानिक तरकारी विक्री गरी आर्थिक उन्नति गरेकी कृषकको कथा, जसले व्यवसायको सुरुआतमा आफ्ना उत्पादनलाई अग्र्यानिक उत्पादनको रूपमा बजारीकरण गर्न सकिरहेकी थिइनन् ।

    ४. सीमारेखा : सन्तान जन्मेपछि पतिपत्नीमाझको स्वाभाविक, प्राकृतिक तर क्षणिक अवरोध ।

    ५. सौतेलो बाउ : सौतेलो बाबुलाई “लङ्गडो” भनेकोमा छोरीको प्रतिक्रिया, जबकि त्यतिबेलासम्म बाउले छोरीलाई छोरी नै मानेका थिएनन् ।

    ६. प्रवोधन : विद्यालयभित्र जातीय विभेद । दङ्गाल थर लेखाएकोमा दमाइ नै लेख्नुपर्ने शिक्षकको दबाब । तिनै शिक्षकका छोरा भुइँमा लड्दा दलित बालक प्रभु दङ्गालसँग रहेको पानी खान हिच्किचाहट । अन्ततः त्यही पानीको प्रयोग गर्नुपर्ने बाध्यता ।

    ७. मनको बाघ : बैदेसिक रोजगारीमा रहेका परिवारमा परपुरुषगमन र परस्त्रीगमनको खतराबारे सचेतना ।

    ८. मैले नबुझेको ह्रस्वदीर्घ : नारी उत्पीडनको विरोधमा नेतृत्व गरिरहेकी नारी नेतृकै विचार विरोधी व्यवहार ।

    ९. कथा एउटी चेलीको : बैदेसिक रोजगारीमा रहेकी महिलाको प्रतिवादस्वरूप खाडी मुलुकमा व्यभिचारीको हत्या । फलस्वरूप ती महिलालाई तरबारले काटेर मृत्युदण्ड दिइन्छ ।

    १०. लोग्नेस्वास्नी : सहरिया परिवारमा पतिपत्नी दुवैतिरका पाहुनाको सत्कारका देखिएको असमानताप्रतिको पारिवारिक छलफल ।

    ११. रक्तिम भेरी : दलित उत्पीडनसम्बन्धी २०७७ जेठ १० गते रुकुम पश्चिमको चौरजहारी घटनाको प्रतिबिम्ब ।

    १२. हामी नेपाली : परदेशमा नेपालीले नेपालीलाई नै सहयोग नगर्ने प्रवृत्तिको चित्रण ।

    १३. तिजको व्रत : तिजको व्रतपछाडि पत्नीको निहित स्वार्थ ।

    १४. तर्किव : प्रवासमा कार्यरत रहँदा सामूहिक सल्लाहबाट पालैपालो रकम घर पठाउने व्यवस्था । घरको गम्भीर समस्या देखाएर सबैभन्दा पहिला एकमुष्ठ रकम घर पठाउने उपाय ।

    १५. सोच : महिलाप्रति यौनजन्य विकृतियुक्त प्रतिक्रिया ।

    १६. सङ्कीर्णता : बिरामी महिलाको महिला डाक्टरबाटै सेवा लिने प्रयास तर महिला डाक्टरको अभावमा पुरुष डाक्टरको सेवा लिनुपर्ने बाध्यता ।

    १७. सम्पत्ति : सामाजिक रूपमा सहयोगी भावना नभएकाहरू विपत्तिमा पर्दा उनीहरूले सहयोग पाउँदैनन् भन्ने सन्देश ।

    १८. सद्भाव : अरूलाई सताउने साथीलाई अप्ठ्यारोमा पर्दा बदलाको भावना नराखी सहयोग गर्ने पूर्वाग्रहरहित असल पात्रको कथा ।

    १९. प्रतिबिम्ब : दाजुभाइभित्रै एकार्कालाई ठगी गर्ने प्रवृत्ति तर इमान्दार एउटा भाइको अर्को भाइलाई सही मार्गमा डो¥याउने प्रयास ।

    २०. पोइला जान पाऊँ : पोइला जान पाऊँ भनी सार्वजनिक अपिल गर्ने प्रवृत्तिप्रति ब्यङ्ग्य ।

    २१. पीडा : “यमराज” मार्फत् पृथ्वीमा पत्नीसहितको पारिवारिक जीवन बिताउन नचाहने पीडित पुरुषको व्यथा ।

    २२. परिवेश : पसलबाट ग्राहकलाई चुरोट र रक्सी बेच्दाबेच्दै आफैले त्यसको सेवन गर्न थालेकी छोरी ।

    २३. पैसा : बेरोजगार पुरुषलाई आर्थिक रूपमा असहयोग गर्ने पत्नीको मनोविज्ञान ।

    २४. नारी दिवस : नारी दिवसप्रति पुरुष पात्रबाट व्यक्त भएको अनावश्यक असन्तुष्टि ।

    २५. साथी : कर्मचारीको घुसखोर प्रवृत्ति । न्यायको अपेक्षा गर्ने आफ्नै साथीसित समेत घुस मागियो ।

    २६. मनोरोग : हङकङमा बसमा यात्रा गर्दै गर्दा देखा परेको मौनजन्य मनोविकृति ।

    २७. कुकुरको पुच्छर : छोराबुहारीले सम्पत्ति हड्पेपछि पनि अर्काको सम्पत्ति हड्प्ने प्रवृत्ति त्याग्न नसकेको कुकुरको पुच्छर प्रवृत्ति भएका दाजु ।

    २८. डिपेन्डेन्ट : एउटै घरमा बसोवास गरेका दम्पत्तिमाझ रातो र हरियो पासपोर्टका कारण देखा परेको आपसी विभेद ।

    २९. छोइछिटो : सहभोजमा सामेल कथित उपल्लो जातीय पृष्ठभूमि भएका राजनैतिक नेताहरूको प्रवृत्ति । सहभोजमा दलितको हातबाट खाना खानुपर्ने भएले सुगर, प्रेसर जस्ता रोगको बहाना बनाइन्छ ।

    ३०. विडम्वना : अर्काको रचना नसुन्ने कथित पुराना साहित्यकारको प्रवृत्तिको व्यङ्ग्य । साथै गरिब पात्रको प्रस्तुति ।

    ३१. दुखेसो परदेशीको : सम्पन्न जीवनको आशामा हङकङ पुगेका नेपाली परिवारको अवस्था तर घरको समस्याले गर्दा खर्चको प्राथमिकता निर्धारण गर्नुपर्ने अवस्था ।

    ३२. कानुन : परपुरुषसँग मिलेर आफ्नै पतिको सम्पत्ति हडप्ने दुष्ट पत्नीको क्रियाकलाप ।

    ३३. काँडाबिचको फूल : अर्काको अस्तित्व स्वीकार नगर्नेहरूमाझ त्यसका विपरीत अर्काको अस्तित्व स्वीकार्ने वा सम्मान गर्ने प्रवृत्ति ।

    ३४. ईश्वरको न्वारान : मानिसले मानिसलाई नै कसरी ईश्वरको रूपमा अस्तित्वमा ल्याउँछ ? त्यस खालको कथामय प्रस्तुति ।

    ३५. इख : अरूले अपशब्द प्रयोग गरेकोमा, हेला गरेकोमा त्यसप्रति इख राखेर पढाइमा प्रगति गर्ने बालकको कथा ।

    ३६. घिडघिडो : बिरामी आमाको जेठो छोरो भेट्ने घिडघिडो, जो अन्तिम समयसम्म प्रतिक्षा गर्दा पनि पूरा हुन सकेन ।

    ३७. घमन्ड : पुरुषको लिङ्ग काटिदिएकी महिलाको विभत्स रूप तर उसलाई आफ्नो गल्तीप्रति कुनै पश्चाताप छैन ।

    ३८. फाली : निसन्तान दम्पत्तिको सन्तान इच्छार्थ फालीको बिम्ब ।

    ३९. एकाङ्की : दाम्पत्य जीवन सुमधुर बनाउन नसक्दा पुरुषस्पर्शको अपेक्षा राखेकी महिला ।

    ४०. कोरोना कहर : कोरोना महामारीको क्रममा समयमै उपचारको शिक्षा ।

    ४१. छोराको घर : छोराबुहारीहरू भएर पनि हेला भएकी आमा, छोराले अन्ततः आमाको स्याहार गर्छ । नाती बालकले आफ्नी आमालाई बज्यैलाई हेला नगर्ने पाठ सिकाउँछ ।

    ४२. धैर्यता : “विस्तारै गए अवश्य पुगिन्छ, हतार गरे भन्न सकिन्छ ।”

    ४३. विस्मात : कृत्रिम दाँत लगाएकी मधेसी वृद्धाले ढिलो खाना खानुको कारण थाहा पाएपछि विस्मातमा परेको बसको सहचालक ।

    ४४. भिख : भिकको विकल्पमा जुत्ता कुर्ने कामको विकल्प प्रस्तुत । यसरी काम गरेर खानुपर्ने सन्देश ।

    ४५. भालुको कन्पट : साम्प्रदायिक युद्धका कारण निसाना सही ठाउँमा लागेन । पात्रका विरुद्ध सङ्घर्ष भयो तर प्रवृत्तिका विरुद्ध सङ्घर्ष भएन ।

    ४६. सुसाइड : अन्तरजातीय विवाह गर्न नमानेका बाबुलाई आत्महत्याको अभिनय गरेर छोराले अन्तरजातीय विवाह स्वीकार्न बाध्य बनाउँछ ।

    ४७. वेश्या : बाध्यताले वेश्या बनेकी महिला, जसले पुरुषहरूलाई सकेसम्म दाम्पत्य प्रेममै सम्हालिन आग्रह गर्छिन् ।

    ४८. अवसाद : बिरामी परेर रगत चढाउनुपर्ने अवस्थामा पुगेकी जातपात मान्ने पौडेल्नी बज्यै । अन्ततः दमाईको रगत चढाएर प्राणरक्षा गर्न बाध्य छिन् । त्यसपछि उनको चेतना फेरिन्छ ।

    ४९. अस्त्र : पतीलाई आफ्नो आर्थिक माग मनाउने पत्नीको बासनाअस्त्र ।

    ५०. अस्तित्वका मलामीहरू : बेलायतमा बसेर आफ्नो अनुभवबाट पाठ सिक्दै मातृभूमि नेपालका लागि केही गर्नुपर्छ भन्ने मनोविज्ञान । तर उसको अपेक्षा पूरा हुन पाउँदैन बरु रातो सन्दुकमा उसको लास देखा पर्दछ ।

    ५१. अन्तिम भोज : फोहोरी राजनीतिप्रतिको व्यङ्ग्य तर यो अन्तिम भोज भएको ठहर ।

    ५२. बलात्कार : मातृभूमिप्रति बलात्कार गर्ने द्रोहीहरूको विरोध, जसले खालि आफ्ना निहित स्वार्थलाई केन्द्रमा राखेर त्यसो गर्दछन् ।

    ५३. उत्तराधुनिक : आधुनिकताको नाममा यौनविकृति । बाबुको टुङ्गोबिना नै सन्तान जन्माउने प्रवृत्ति ।

    ५४. परिदृष्य : महिलाले जागिर गर्न खोज्दाका कठिनाइ । पुरुषको यौनापेच्छा तर अन्ततः राम्रो ठाउँमा काम पाउन सम्भव । सबै पुरुष एकैनासका हुँदैनन् ।

    ५५. मूल्य : महङ्गा मूल्यका विलासी वस्तुमा खर्च गर्दा स्वाभाविकता तर होटेलको कामदारलाई टिप्स दिँदा आपत्ति गर्ने मध्यम वर्गउन्मुख प्रवृत्तिप्रतिको विरोध ।

    ५६. अनागरिक : वेश्याको सन्तान भएकाले नेपाली नागरिकता नमिलेको अवस्था ।

    ५७. धर्म : न्यायअन्यायको भेद गरी न्याय गर्छुभन्दा भगवान शिव पनि भस्मासुरदेखि डराउनुपर्दछ भन्ने भावना अर्थात् व्याय गर्दा सबैभन्दा पहिला न्यायअन्याय छुट्याउनुपर्दछ ।

    सबल पक्ष
    लेखकले आफूले स्पर्श गरेका धेरै विषयवस्तुप्रति कलम चलाएका छन् । त्यस क्रममा जातीय विभेद, खासगरी छोइछिटोप्रति उनले ध्यान दिएका छन् । त्यसैगरी, प्रवासी नेपालीको पीडा, मातृभूमिप्रतिको प्रेमलाई पनि लघुकथामा उतारेका छन् । एवम् प्रकारले वेश्याको बाध्यता, किसानको आत्मनिर्भरता जस्ता विषयमा पनि उनको कलम चलेको छ । पारिवारिक समस्यालाई पनि उनले उजागर गरेका छन् ।
    उनको लेखनको सकारात्म पक्ष हो, संवेदनशीलता । उनले समाज र परिवारमा देखा परेका विभिन्न पात्र र प्रवृत्तिप्रति साहित्यिक प्रतिक्रिया दिएका छन् । त्यस क्रममा उनले यौनजन्य विषयप्रति पनि कलम चलाएका छन् । पक्कै पनि यौनजन्य विषय जोखिमपूर्ण विषय हो । तर उनले यस विषयमा पनि कलम चलाएका छन् ।
    समग्रमा भन्नुपर्दा समाज र परिवारप्रतिको संवेदनशीलता तथा विभेदप्रति विरोध उनको लेखनीको मुख्य विशेषता हो ।

    कमजोर पक्ष
    प्रस्तुत कृतिको कमजोरीलाई यसरी बुँदाकृत गर्न सकिन्छ :

    १. कतिपय लघुकथाहरू लघुकथाको मापदण्डमा खरो उत्रिदैनन् ।

    २. कतिपय लघुकथाको शीर्षक र विषयवस्तुमाझ तालमेल मिलेको छैन ।

    ३. भाषा व्याकरणमा समस्या छ । इच्छार्थक क्रियाको अन्तिम इकार/उकार दीर्घ हुनुपर्नेमा ह्रस्व नै छ । संवादहरूलाई उद्धरण चिह्न (कमा) भित्र नराखिएकाले तिनीहरू छुट्टिदैनन् ।

    ४. हिन्दी, अङ्ग्रेजी र आगन्तुक शब्दको प्रशस्त प्रयोग गरिएको छ । कतिपय शीर्षक नै आगन्तुक र अङ्ग्रेजी शब्दमा राखिएका छन् ।

    ५. कतिपय स्थानमा भाषिकाको प्रयोग गरिएको छ; जसको अर्थ खुल्दैन; जस्तै : “जोगार” (पृ. ४६) ।

    ६. पुस्तकको “समर्पण” भित्री पृष्ठको दाया पृष्ठमा राखिनुको सट्टा आवरणको भित्री पृष्ठमा राखिएको छ । त्यसले गर्दा “समर्पण” पृष्ठभूमिका पर्न गएको छ ।

    ७. एउटा कथामा मधेसी समुदायप्रति अनादर भाव देखिएको छ (विस्मात : ८०), यद्यपि लेखकको नियत त्यस्तो नहोला ।

    समापन
    लेखक दीप मङ्ग्राती साहित्यमै बामे सर्दै गरेको प्रतीत हुन्छ । त्यसकारण उनको चाहना प्रष्ट हुँदाहुँदै पनि रचनामा निखारता आउन सकेको छैन । आशा गरौँ, समयक्रममा साहित्य लेखनको निरन्तरताका साथै उनको साहित्यिक स्तरमा परिपक्वता आउने छ ।

    वैचारिक स्पस्टता उनको कृतिको एउटा गम्भीर समस्या हो । त्यस विषयमा लेखकले गम्भीरतापूर्वक ध्यान दिनुपर्ने देखिन्छ । लघुकथामा उनले समस्याको उजागर गरेका छन् । तर समाधानको सवालमा उनले विकल्प दिन सकेका छैनन् ।

    यौनजन्य विषयवस्तु उठान गर्दा अत्यन्तै सुझबुझ वा संयमताको खाँचो पर्दछ । त्यसो गर्न सकिएन भने ती रचना बजारिया वा अश्लील देखिने छन् । त्यसप्रति आगामी दिनमा लेखकले ध्यान दिनैपर्ने हुन्छ ।

    समग्रमा लेखकमा जुन खालको साहित्यमार्फत् सामाजिक संवेदनशीलता देखा परेको छ, त्यसलाई स्तरीयता प्रदान गर्न उनले आगामी दिनमा गम्भीरतापूर्वक ध्यान दिने छन् भन्ने आशा गर्न सकिन्छ । त्यसो भयो भने आगामी दिनमा दीपबाट अझै उच्चस्तरीय रचना प्राप्त गर्न सकिने छ ।

    २०७९ जेठ ७ गते
    बुढानीलकण्ठ–१०, काठमाडौँ

    शनिबार, जेठ ०७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.