• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

राष्ट्रिय सभामा जनमोर्चाका सांसदको पहिलो सम्बोधन : संघीयताले राष्ट्र विघटन हुन्छ


  •   शुक्रबार, जेठ ०६, २०७९ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय सभाको इतिहासमा राष्ट्रिय जनमोर्चाले पहिलो पटक राष्ट्रिय सभामा आफ्ना प्रतिनिधि पठायो ।

    Advertisement

    तीन महिनाअघि सम्पन्न निर्वाचनमा राजमो नेता तुलप्रसाद विक निर्वाचित हुनुभयो ।

    त्यसयता पहिलोपटक राष्ट्रिय सभाको बैठक बसेको छ । पहिलो पटक राष्ट्रिय सभामा सम्बोधन गर्दै राजमो सांसद विकले संघीयता खारेजीको माग गर्नुभएको छ ।

    बिहीबारको बैठकलाई सम्बोधन गर्दै सांसद विकले भन्नुभयो, ‘संघीय प्रणाली हाम्रो जस्तो अल्पविकसित र आर्थिक रुपले कमजोर देशको लागि उपयुक्त छैन । यसले देशलाई बिग्रह र राष्ट्रिय विघटनतिर लैजान्छ । संघीयताको मुख्य पक्ष प्रदेशको शासकीय स्वरुप हो ।

    त्यसलाई खारेज गरेर प्रशासनिक संरचना कायम गरिनु पर्दछ । सिंहदरबारको अधिकार गाउँ–गाउँमा लैजाने कुरा ठीक छ, तर सिंहदरबारको भ्रष्टाचार गाउँ–गाउँ पुगेको अवस्था छ । त्यसलाई रोक्न सरकारले उचित कदम चाल्नु पर्दछ ।’

    यस्तो छ, सांसद राजेश विक (तुलप्रसाद) ले गरेको लिखित सम्बोधन :

    सम्माननीय अध्यक्ष महोदय, समसामयिक विषयहरुमा आफ्ना विचारहरु राख्न अनुमति चाहन्छु ।
    १. स्थानीय चुनाव सम्पन्न भएको छ । यो महत्वपूर्ण चुनाव हो । यसको हामी स्वागत गर्दछौँ । भर्खरै निर्वाचन आयोगले तोकिएको समयमै निर्वाचन सम्पन्न गर्यो, तर मत परिणाम निकाल्ने कुरामा चुकेको छ । मत गणतामा धेरै ढिलाई गर्दा धाँदली हुने सम्भावना रहन्छ । स्थानीय निकायलाई अधिकार सम्पन्न र बढी मजबूत गराउनु पर्छ भन्ने हाम्रो धारणा रहँदै आएको छ ।

    २. पाँच दलीय गठबन्धनको औचित्यता अझै समाप्त भएको छैन । मूलतः गणतन्त्र, धर्मनिरपेक्षता र संविधानको रक्षाको लागि यो गठबन्धन निर्माण भएको थियो । देशलाई प्रतिगमनबाट जोगाउन बनेको यो गठबन्धनलाई संसदको आगामी चुनावसम्म लैजानु पर्दछ ।

    ३. संघीय प्रणाली हाम्रो जस्तो अल्पविकसित र आर्थिक रुपले कमजोर देशको लागि उपयुक्त छैन । यसले देशलाई बिग्रह र राष्ट्रिय विघटनतिर लैजान्छ । संघीयताको मुख्य पक्ष प्रदेशको शासकीय स्वरुप हो । त्यसलाई खारेज गरेर प्रशासनिक संरचना कायम गरिनु पर्दछ । सिंहदरबारको अधिकार गाउँ–गाउँमा लैजाने कुरा ठीक छ, तर सिंहदरबारको भ्रष्टाचार गाउँ–गाउँ पुगेको अवस्था छ । त्यसलाई रोक्न सरकारले उचित कदम चाल्नु पर्दछ ।

    ४. नेकपा (एमाले) ले विगतमा महिनौँसम्म संसद अवरोध गरेकाले गम्भीर समस्या उत्पन्न भएको थियो । अहिले त्यो अवरोध हटाइएको छ । त्यसको हामीले स्वागत गर्दछौँ । तर अवरोध हटाएर मात्र हुँदैन जनसरोकारका विषयमा संसदमा हुने छलफल र गतिविधिमा समेत सहयोग गरेर अगाडि जानु आवश्यक छ ।

    ५. आत्मनिर्भर अर्थतन्त्रको विकास नगरीकन देश अगाडि बढ्न सक्दैन । देशमा उत्पादन घट्दै गएको छ । कृषियोग्य भूमि सदुपयोग हुन सकेको छैन । देशको उर्जाशील युवा जनशक्ति विदेशिन बाध्य भएका छन् । उत्पादित वस्तुले बजार पाइरहेका छैनन् । भएका उद्योगहरुमा पनि दलाल पुँजीको वर्चस्व छ । त्यसैले देशलाई आत्मनिर्भर बनाउन साना, मझौला र घरेलु उद्योगहरुलाई प्रोत्साहन र संरक्षण गरी राष्ट्रिय पुँजीको विकासमा जोड दिनु पर्दछ ।

    ६. संविधानले शिक्षा र स्वास्थ्यलाई मौलिक हकअन्तर्गत राखेको छ, तर सरकारी स्कुलहरुको स्तर उन्नती गर्न सरकारको कम ध्यान जाने गरेको छ र निजीमा बढी जोड दिने गरिएको छ । सरकारले व्यवसायिक र प्राविधिक शिक्षामा जोड दिंदै सरकारी स्कुलको स्तर उन्नतीमा जोड दिनुका साथै शिक्षालाई निःशुल्क बनाउने तर्फ ध्यान दिनु पर्दछ । त्यसैगरी स्वास्थ्यको क्षेत्रमा पनि सरकारी अस्पतालहरुको अवस्था प्रायजसो दयनीय रहेको छ । निजी अस्पतालहरु मौलाइरहेका छन् । यसमा पनि स्वास्थ्यलाई बढीभन्दा बढी जनताको पहुँचमा पुराउनको लागि सरकारी स्वास्थ्य संस्थाहरुको व्यवस्थापन र स्तर उन्नतीमा जोड दिनु आवश्यक छ ।

    ७. देशको विकासको लागि विदेशी सहायता लिनु पर्दछ । तर देशको राष्ट्रियता मुख्य विषय हो । एमसीसी परियोजना देशको हितमा छैन किनभने त्यो नेपालको सुरक्षा नीति मातहतमा रहेर काम गर्नु पर्नेमा त्यसको विपरीत रहेको छ । एमसीसीको कुनै बुँदा नेपालको कानुनसँग बाझिएमा एमसीसीको बुँदा लागु हुने प्रावधानले देशको असंलग्न परराष्ट्रनीतिको समेत उल्लंघन गरेको छ । त्यसैले एमसीसी खारेज हुनु पर्दछ ।

    ८. नेपाल एउटा भू–परिवेष्ठित देश भएकाले व्यापार पारवहन यसको मुख्य समस्या हो । नेपालले चीनसित व्यापार पारवहन सम्झौता गरेको छ । तर त्यसलाई लागु गर्ने कुरामा सरकारको ध्यान किन गएको छैन ? सन्धि गरेर मात्र हुँदैन, त्यसलाई व्यवहारिक रुप दिनको लागि सरकारले तत्काल पहल गर्नुु पर्दछ ।

    ९. हाम्रो भारतसित लामो समयदेखि सीमा विवाद रहँदै आइरहेको छ । कालापानी लिपुलेकको समस्या त्यहाँ भारतीय सेना बसेको मात्र होइन अहिले त्यो भूमि समेत भारतले आफ्नो भएको दावी गरेको छ । त्यसलाई सरकारले गम्भीरता साथ लिएर दुई पक्षीय वार्ताद्वारा समाधान गर्नु पर्दछ अन्यथा यसलाई अन्तर्राष्ट्रिय अदालत लैजानु पर्दछ ।

    १०. देशमा महिला माथिका हत्या र हिंसाका घटनाहरु बढेर गएका छन् । त्यसलाई सरकारले नियन्त्रण गर्न सकेको छैन । निर्मला पन्तका अपराधीहरु अझैसम्म पत्ता लागेका छैनन् । त्यसैगरी दलितहरुमाथिका हत्या र हिंसाका दर्जनौँ घटनाहरु घटेका छन् । नवराज विक लगायतको सामुहकि हत्याका साथै अन्य दर्जनौँ घटनाहरु छन् । ती घटनाहरुमा पिडीतले उचित न्याय पाउन सकेका छैनन् । प्रथमतः मुद्दा नै दायर हुँदैन दायर भए पनि त्यसको कानुनी उपचार अत्यान्त ढीलो हुने गर्छ । त्यसैले महिला र दलित हिंसाको तत्काल कारबाहीको लागि छुट्टाछुट्टै न्यायिक अदालतको निर्माण गरिनु पर्दछ ।

    मिति : २०७९ जेठ ५ गते

    शुक्रबार, जेठ ०६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.