धनगढी । सुदूर पश्चिमको एकमात्र उपमशानगरपालिका धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले ९९१० मतको अग्रता हासिल गरेका छन्।
Advertisement
४३ हजार १२३ मतगणना हुँदा हमालले १९ हजार ६२१ मत पाएका छन्। यस्तै गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार नृपबहादुर वडले ९ हजार ७११ मत पाएका छन्।
एमालेका रणबहादुर चन्दले ४ हजार ७३४ मत पाएका छन्।
उपप्रमुखमा गठबन्धनका तर्फबाट माओवादी उम्मेदवार शान्ति अधिकारीले ८ हजार ९५९, एमालेकी कन्दकला रानाले ८ हजार २८७ र स्वतन्त्र उम्मेदवार प्रभावकर भण्डारीले ५ हजार २६४ मत पाएका छन्।