काठमाडौँ । नेपाली काङ्ग्रेसकी सांसद पुष्पा भुसाल गौतमले पर्यटनमाथि मात्रै केन्द्रित हुँदा श्रीलङ्काको नियती भोग्नुपर्ने हुन सक्ने बताउनुभएको छ ।
Advertisement
२०७९ जेठ ५ गते प्रतिनिधि सभा बैठकमा प्रस्तुत “विनियोजन विधेयक–२०७९ : सिद्धान्त र प्राथमिकता” माथिको छलछफलमा भाग लिँदै सांसद भुसालले यस्तो अभिव्यक्ति दिनुभएको हो ।
उहाँले भन्नुभयो– ‘पर्यटनमा मात्रै होइन, कृषि र उद्योगमा पनि ध्यान दिऊँ ।’
सांसद भुसालले विशुद्ध पर्यटनमा मात्र केन्द्रित हुँदा देश परनिर्भर हुन सक्छ भन्ने श्रीलङ्काबाट सिक्नुपर्ने धारणासमेत व्यक्त गर्नुभयो ।