अर्घाखाँची । भूमिकास्थान नगरपालिकामा राष्ट्रिय जनमोर्चा विजयको नजिक पुगेको छ । करिब एक हजार मतगणना बाँकी छँदा राजमोले जित निश्चित गरेको हो ।
Advertisement
नगरप्रमुखका उम्मेदवार झविला थापाले प्रतिस्पर्धी उम्मेदवार भन्दा झण्डै साढे पाँचसय मतले अग्रता लिँदै विजय सुनिश्चित पार्नुभएको राजमो अर्घाखाँचीका अध्यक्ष थम्मन केसीले बताउनुभयो ।
भूमिकास्थानमा राजमोले यसअघि वडा नं २, ३ र ४ मा जित हात पारेको छ भने १ मा अध्यक्षबाहेक सबै सदस्य जितेको छ ।
गठबन्धनका तर्फबाट उपप्रमुखको उम्मेदवार माओवादीका बालकृष्ण बन्जाडे हुनुहुन्छ ।