• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

एमालेले जित्यो १२ पालिका, हेरौँ सूची


  •   आइतबार, जेठ ०१, २०७९ मा प्रकाशित
  • काठमाडौं । नेकपा एमालेले १ दर्जन पालिकामा जित हासिल गरेको छ। ३० वटा पालिकामा एमालेले १२ वटा पालिका जित हासिल गरेको हो।

    Advertisement

    एमालेले मनाङ, मुस्ताङ, डोल्पा, बजाङ, बाजुरा, म्याग्दी, शोलुखुम्बुमा खाता खोलेको छ। नेपाली कांग्रेस १० पालिका र माओवादीले ६ पालिकामा जित हासिल गरेको छ।

    एमाले
    १.शे–फोक्सुन्डो
    डोल्पाको शे–फोक्सुन्डो गाँउपालिका अध्यक्षमा नेकपा एमालेका धाव सम्डुक गुरुङ निर्विरोध हुनुभएको छ।यो गाउँपालिका अध्यक्षमा एमालेका गुरुङबाहेक अरुको उम्मेदवारी परेको थिएन।

    गुरुङ नेकपा एमालेका डोल्पाका उपसचिव हुनुहुन्छ। उहाँले गाउँपालिकाको ९ वटा वडामध्ये ६ वटामा एमालेका उम्मेदवारको क्लिन स्वीप भएको बताउनु भयो।

    गुरुङका अनुसार वडा नम्बर १, ३, ५, ६, ७ र ९ मा एमालेका उम्मेदवारहरू प्यानलै सहित निर्विरोध निर्वाचित हुनुभएको छ। गुरुङका अनुसार वडा नम्बर १ मा जिग्मे छोइङ नोर्बु लामाको प्यानल नै निर्विरोध भएको छ।

    त्यस्तै वडा नम्बर ३ मा पेम्मा ग्रिमेत गुरुङको प्यानल निर्विरोध भएको छ। वडा नम्बर ५ मा कार्मा तार्के गुरुङको प्यानल नै निर्विरोध भएको छ।

    त्यस्तै वडा नम्बर ६ मा रिग्जिन गुरुङको प्यानल निर्विरोध भएको छ। वडा नम्बर ७ मा पेमा छिरिङ गुरुङको प्यानल निर्विरोध भएको छ। त्यस्तै वडा नम्बर ९ मा लार्के लामाको प्यानल निर्विरोध भएको छ।

    २.चामे
    मनाङको चामे गाउँपालिका अध्यक्षमा एमालेका लोकेन्द्र बहादुर घले दोस्रो पटक निर्वाचित हुनुभएको छ। ६१० मत खसेको गाउँपालिकामा उहाँले ३२० मत प्राप्त गर्नुभएको हो।

    निकटतम प्रतिद्वन्द्वी कांग्रेसका छिरिङ दोर्जे लामाले २७९ मत पाउनुभएको छ। उपाध्यक्षमा भने ३२५ मत ल्याउँदै कांग्रेसकी मिङमार डोमा लामा विजयी हुनुभएको छ।

    ०७४ को चुनावमा पनि यो पालिकाको अध्यक्ष पद एमालेका घलेले नै जित्नु भएको थियो। उपाध्यक्ष पद काँग्रेसले नै जितेको थियो। यसपटक एमाले र कांग्रेस दुवैले आफ्नो सिट सुरक्षित गरेका छन्।

    ३. लो–घेकर दामोदरकुण्ड
    मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकामा एमालेका लोप्साङ छोम्पेल विष्ट विजयी हुनुभएको छ। उहाँका प्रतिस्पर्धी नेकपा समाजवादीका देव बहादुर गुरुङ १८५ मत प्राप्त गर्नुभएको छ ।

    २०७४ मा विष्ट स्वतन्त्र रुपमा निर्वाचित हुनुभएको थियो। मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकामा एमालेका लोप्साङ छोम्पेल विष्ट विजयी हुनुभएको छ।

    ४.मनाङको ङिस्याङ
    एमालेले मनाङको ङिस्याङ गाउँपालिकामा एमाले विजयी भएको छ। एमालेबाट पालिका अध्यक्ष उम्मेदवार कान्छा घले ८ सय ६१ मत ल्याई विजयी हुनुभएको छ। कांग्रेसका छिरिङ ओङमा गुरुङले ७ सय १३ मत पाउनु भयो ।

    उपाध्यक्षमा भने स्वतन्त्र उम्मेदवार छिरिङ गुरुङ ७ सय ४४ मत ल्याई विजयी हुनुभयो। कांग्रेस उम्मेदवार रिन्जेन धोर्जे गुरुङले ७ सय १९ मत पाउनु भयो

    ५.मुस्ताङ वारागुङ
    मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा एमाले विजयी भएको छ। एमालेका अध्यक्ष रिङजिन नामगेल गुरुङ ८६७ मत ल्याई विजयी हुनुभएको छ । अध्यक्षमा कांग्रेसका आङ्जेन गुरुङले ५७७ मत मात्रै ल्याउनु भएको छ।

    उपाध्यक्षमा एमालेकै ढिकी गुरुङ ७४९ मत ल्याई विजयी हुनुभएको छ । कांग्रेसकी धेच आङमो गुरुङले ६७७ मत ल्याउनु भएको छ । गाउँपालिकामा २ हजार ६११ जनसंख्या रहेको छ। कुल मतदाता २ हजार २४४ रहेका छन्।

    ६. लोमान्थाङ गाउँपालिका
    एमालेले मुस्ताङको लोमान्थाङ गाउँपालिकाको अध्यक्ष पनि जित हासिल गरेको छ। एमालेका टसी न्हुर्वु गुरुङले ६६८ मत ल्याई विजयी हुनुभएको छ। कांग्रेसका टसी गुरुङले ५१४ मत ल्याउनु भएको छ ।

    उपाध्यक्षमा पनि एमालेकै छयुमी विष्ट गुरुङ विजयी हुनुभएको छ । विष्टले ६३२ मत ल्याउँदा कांग्रेसकी छिरिङ ढोका गुरुङले ५२९ प्रतिशत ल्याउनु भएको छ । कुल जनसंख्या १ हजार ९९६ रहँदा मतदाता १ हजार ९४८ मतदाता रहेका छन्।

    ७. सोलुखुम्बुको खुम्बु पासाङल्हमु
    सोलुखुम्बुको खुम्बु पासाङल्हमु गाउँपालिकामा एमाले विजयी भएको छ। एमालेका मिङमा छिरी शेर्पाले २ हजार २८ मत ल्याई विजयी हुनुभएको छ।

    एमालेका प्रतिस्पर्धी चुङब शेर्पाले १ हजार ६०९ मत ल्याउनुभएको छ । उपाध्यक्षमा एमालेकी टासी ल्हमु शेर्पाले २ हजार २३ मत ल्याई विजयी हुनुभएको छ। कांग्रेसका निर्मला थापाले १ हजार ५८२ मत ल्याउनु भएको छ ।

    ५ वटा वडामा वडा १ कांग्रेसले विजयी भएपनि बाँकी एमालेले विजयी भएको छ।

    ८.नवलपुरको बौदीकाली
    नवलपुरको बौदीकाली गाउँपालिकामा एमालेका प्रकाश ओझा विजयी हुनुभएको छ। ओझाले ३ हजार ९७६ मत प्राप्तगर्दा कांग्रेसका खडक बहादुर रानाले ३ हजार ५४९ मत प्राप्त गर्नुभएको थियो ।

    उपाध्यक्षमा एमालेकी डिल कुमारी केसी निर्वाचित हुनुभएको छ। उहाँले ३ हजार ९६२ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी धन कान्ती घिमिरेले ३ हजार ५०६ मत प्राप्त गर्नुभयो ।

    वडा नं ४ र ६ मा नेपाली कांग्रेस विजयी भएको छ भने बाँकीमा एमाले विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले उल्लेख गरेको छ। अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसले प्रमुख र उपप्रमुखमा नै जित हासिल गरेको थियो।

    ९. बाजुराको साइपल
    बाजुराको साइपल गाउँपालिकामा एमालेका मानविर बोहरा विजयी हुनुभएको छ। कांग्रेसका उजले बोहरालाई पराजित गर्दै जित हासिल गरेका हुन्।

    मानविरले ६७५ मत ल्याउँदा कांग्रेसका उजले बोहराले ६१३ मत ल्याउनुभएको छ । उपाध्यक्षमा एमालेकै डोल्मा तमाङ ६७५ विजयी हुनुभएको छ। कांग्रेसकी बाटु बोहरा प्रतिस्पधी रहनुभएको थियो ।

    गाउँपालिकामा २०७४ मा नेपाली कांग्रेसले अध्यक्ष र उपाध्यक्ष मै जित हासिल गरेको थिए। गाउँपालिकामा कुल मतदाता १४ सय ९९ मतदाता रहेका छन्।

    १०. थलारा गाउँपालिका
    बझाङको थलारागाउँपालिकामा नेकपा एमाले विजयी भएको छ।एमालेका प्रकाश बहादुर रोकायले २ हजार ७७४ मत ल्याई विजयी हुनुभएको छ।

    उहाँका निकटतम प्रतिस्पधी स्वतन्त्र कुलराज जोशीले २ हजार ११३ मत प्राप्त गर्नुभएको छ ।

    उपाध्यक्षमा नेपाली कांग्रेसका रामबहादुर खाती विजयी हुनुभयो। खातीले ३ हजार १५० मत ल्याउँदा एमालेकी मीरादेवी रावलले २ हजार ५८७ मत ल्याउनुभएको थियो । २०७४ मा एमालेले नै गाउँपालिका प्रमुख र उपप्रमुखमा विजयी भएको थियो।

    ११. मुस्ताङको थासाङ
    मुस्ताङको थासाङ गाउँपालिकामा एमालेका प्रदिप गौचन विजयी हुनुभएको छ। ५ वडामा एउटा वडा जितेको एमालेले गाउँपालिका अध्यक्षमा नै जित हासिल गरेको हो।

    प्रदिपले १ हजार १४४ मत ल्याउँदा कांग्रेसकी बाल कुमारी शेरचन १ हजार ५५ मत ल्याउनुभएको छ ।

    उपाध्यक्षमा सोमल हिराचन विजयी हुनुभएको छ। एमालेकी सुमिता शेर्पा लाई उहाँले हराउनु भएको हो । हिराचनले १ हजार १९२ मत ल्याउँदा सुमिता शेर्पाले १ हजार ८० मत ल्याउनुभएको छ ।

    वडा नं २ मा एमाले विजयी हुँदा वडा नं १, ३, ४, ५ नेपाली कांग्रेस विजयी भएको निर्वाचन अधिकृत कार्यालयले जनाएको छ। २०७४ मो निर्वाचनमा नेपाली कांग्रेसले अध्यक्ष र उपाध्यक्षमा जित हासिल गरेको थियो।

    १२. म्याग्दीको मालिका
    म्याग्दीको मालिका गाउँपालिकामा एमालेका बेगप्रसाद गर्बुजा विजयी हुनुभएको छ। अध्यक्षमा ३ हजार ९१ मत ल्याई विजयी हुनुभएको हो ।

    उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका श्री प्रसाद रोका मगर २ हजार ९७० मत ल्याउनु भएको हो । उपाध्यक्षमा पनि एमालेकै लक्ष्मीदेवी घर्ती मगर पुन विजयी हुनुभएको छ। उहाँले ३ हजार १६७ मत ल्याउँदा कांग्रेसकी पिपला बुढाले ३ हजार १३० मत ल्याउनु भएको छ ।

    आइतबार, जेठ ०१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.