काठमाडौं । स्याङ्जाको वालिङ नगरपालिका–१४ अर्खलाबासमा मतदाता बोकेको जीप दुर्घटना भएको छ।
Advertisement
स्थानीय निर्वाचनका लागि सिख्रेबाट वालिङतर्फ मतदाता लिएर जाँदै गरेको ग २ च ३०२६ नम्बरको जीप दुर्घटनामा परेको हो।
जिप सडकबाट करिब १५० मिटर तल खसेको छ ।
घटनाको विवरण आउन बाँकी छ ।
घाइतेहरुलाई उपचारका लागि वालिङ प्राथमिक स्वास्थ केन्द्रमा पठाइएको र घटनास्थलमा अहिले उद्धारकार्य चलिरहेको प्रहरीले बताएको छ ।