काठमाडौं । स्थानीय तहको निर्वाचनका क्रममा शुक्रबार अपरान्हसम्म १६ स्थानमा झडप भएको छ । झडपका क्रममा ८ स्थानमा प्रहरीले गोली चलाएको छ ।
Advertisement
प्राप्त विवरण अनुसार हुम्लाको चंखेली गाउँपालिका केन्द्र, ओखलढुंगाको चम्पादेवी गाउँपालिका ९ मिश्रभन्ज्याङको मतदान केन्द्र र रामेछापको दोरम्बा, शैलुङ र खाँडादेवी गाउँपालिका, गोरखाको घ्याल्चोक, सर्लाहीको धनकौलका मतदान केन्द्र, र कौडन्या तथा बाजुराको बुढनन्दामा हवाइ फायर भएको छ ।
यस्तै, दैलेखको ठाटीकाँध, काभ्रेको चौरी देउराली ६, बाराको पचरौती २ मा पनि मतदानस्थलमा झडपहरु भएका छन् । बाँकेको कोहलपुरमा माओवादी र एमाले कार्यकर्ताबीच खुकुरी हानाहान हुँदा दुवै पक्षका एक एक जना घाइते भएका छन् ।