धनगढी । डोटीमा बस दुर्घटना हुँदा ३० जना यात्रु घाइते भएका छन् ।
Advertisement
कैलालीको अत्तरियाबाट बाजुरा जाँदै गरेको सुपप्र ०१ ००१ ख ३१०८ नम्बरको बस डोटीको पूर्वीचौकी गाउँपालिका–४ सानागाउँमा दुर्घटना भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार दुर्घटनामा ३० जना घाइते भएका छन् । उनीहरुमध्ये सामान्य घाइते भएकाहरुको स्थानीय क्लिनिकमा र अन्यलाई जिल्ला अस्पताल डोटी लगिएको छ।
दुर्घटनापछि चालक र सहचालक फरार भएका छन् । अनुसनधान गरिरहेको प्रहरीले जनाएको छ ।