धनगढी । कैलालीको घोडाघोडी नगरपालिकामा राष्ट्रिय जनमोर्चा र नेकपा (माले) बीच चुनावी तालमेल भएको छ ।
वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा दुवै दलले एक अर्काका उम्मेवारलाई सघाउने गरी तालमेलको सहमति गरेका हुन् ।
नगरपालिकामा राष्ट्रिय जनमोर्चाको तर्फबाट नगरप्रमुखमा मेर्जन शाही उम्मेदवार हुनुहुन्छ भने उपप्रमुखमा नेकपा (माले) की सीता चौधरी उम्मेदवार हुनुहुन्छ ।
राजमोबाट वडा नं १० मा जगत प्रसाद जोशी, वडा नं ४ मा प्रेम चन्द, वडा नं ७ मा बाबुराम चौधरी वडाअध्यक्षको उम्मेदवार हुनुहुन्छ भने वडा नं २ मा देसराज चौधरी सदस्यको उम्मेदवार हुनुहुन्छ ।
कैलालीमा राष्ट्रिय जनमोर्चा अधिकांश स्थानीय तहमा एक्लै चुनावी मैदानमा छ भने धनगढी उपमहानगरपालिका वडा नं १३ मा माओवादी केन्द्र र एकीकृत समाजवादीसँग तालमेल गरेर दुई जना वडा सदस्य उठाएको छ । जहाँ रामकृष्ण राना र शान्ति राना वडा सदस्यको उम्मेदवार बन्नुभएको छ ।
