काठमाडौँ । सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवै संगठनमा नयाँ प्रमुख नियुक्त गरेको छ ।
Advertisement
आइतबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरी महानिरीक्षक (आईजीपी) मा धिरजप्रताप सिंहलाई र सशस्त्र प्रहरीको आईजीपीमा राजु अर्याललाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको बढुवा गर्ने निर्णय गरेको छ।
नेपाल प्रहरीका आईजीपी सिंह २०४९ चैत २९ गते प्रहरी निरीक्षकमा भर्ना हुँदा पहिलो नम्बरमा थिए ।
यता, सशस्त्रको आईजीपी भएका अर्याल गत मंगलबार मात्रै एआईजीमा बढुवा भएका हुन् । एआईजी भएको ६ दिनमा उनी आईजीपी बनेका छन् ।