काठमाडौं । पाँचदलीय चुनावी गठबन्धनले गरेको निर्णविपरित उम्मेदवारी दिने व्यक्तिहरुलाई सम्बन्धित पार्टीले कारबाही गर्ने भएको छ ।
Advertisement
गठबन्धन दलहरुको आन्तरिक तयारी तथा अनुगमन समितिको आइतबार बसेको बैठकले गठबन्धनको निर्णयविपरित उम्मेदवारी दिने व्यक्तिलाई कारबाही गर्न सिफारिस गरेको समितिका सदस्य एवम् राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीले जानकारी दिनुभयो ।
उम्मेदवारी फिर्ता लिने समय सकिएको अवस्थामा अटेरी गरेर उम्मेदवारी कायम राख्ने व्यक्तिहरुलाई कारबाही गर्ने र आपसी सहमति गरी निर्वाचनमा जाने निर्णय गरिएको सचिव पुरीले बताउनुभयो ।
गठबन्धन दलहरुले केन्द्रबाट महानगर उपमहानगर र कतिपय स्थानमा भागबन्डा गरेका थिए । तर, स्थानीय स्तरमा तालमेल नभएको भन्दै ती स्थानमा गठबन्धन दलबाटै कतिपय दलले उम्मेदवारी दिएका छन् ।