डोटी । डोटीको केआईसिंह गाउँपालिका वडा नं ४ मा तीनदलीय गठबन्धनले संयुक्त चुनावी अभियान सुरु गरेका छन् ।
Advertisement
राष्ट्रिय जनमोर्चा, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) को गठबन्धन रहेको केआईसिंह गाउँपालिका–४ मा राजमोका जिल्ला अध्यक्ष डबल बोगटी वडाअध्यक्षका उम्मेदवार हुनुहुन्छ ।
यस्तै, सदस्यमा शंकर विक, परुली नेपाली, जोगिसिंह भूल र देवसरा लुहारले उम्मेदवारी दिनुभएको छ ।
गठबन्धनले वडातहमा संयुक्त चुनावी अभियान सुरु गरेको वडाअध्यक्षका उम्मेदवार बोगटीले जानकारी दिनुभयो ।
सो वडामा गठबन्धनका उम्मेदवारहरुले आफ्नो पक्षमा जनलहर रहेको दाबी गरेका छन् ।