काठमाडौं । अखिल नेपाल किसान महासंघ (अप्फा) लगायत विभिन्न पाँच किसान संगठनहरुले आगामी स्थानीय तहको निर्वाचनमा पाँचदलीय गठबन्धनलाई मत दिएर जिताउन सम्पूर्ण किसानहरूसँग आह्वान गरेका छन् ।
Advertisement
शुक्रबार (वैशाख १६ गते) संयुक्त विज्ञप्ति प्रकाशित गरी प्रतिगमनविरुद्ध मत जाहेर गर्न किसानहरुलाई आग्रह गरेका हुन् ।
विज्ञप्तिमा देशको दुईतिहाइ जनसंख्या ओगट्ने नेपाली किसानहरूको नेतृत्व तथा प्रतिनिधित्व गर्दै उनीहरूको हक, हित र अधिकारका साथै गणतन्त्र, लोकतन्त्र, अग्रगमन, धर्मनिरपेक्षता, समावेशीकरण र समानुपातिक प्रतिनिधित्वको पक्षमा सधैँ अटल भई उभिइरहेको भन्दै भविष्यमा पनि निरन्तर उभिइरहने प्रतिबद्धता व्यक्त गरिएको छ ।
