हरि प्रसाद सापकोटा, बारा।
राष्ट्रिय जनमोर्चा बाराले जिल्लाको विभिन्न स्थानीय तहमा उम्मेदवारी दर्ता गरेको छ ।
Advertisement
बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका दुई वटा वडामा उम्मेदवारी दर्ता भएको छ । राजमो बाराका अनुसार वडा न.११ को अध्यक्षमा बिनोद शाह तेली र सदस्यहरुमा सिमा माझी, राजु प्रसाद, मन्जु माझी, तारा चनझाले उम्मेदवारी दिनुभएको छ ।
त्यस्तै, उपमहानगरपालिकाको वडा नम्बर २० बाट अध्यक्षमा नारायणदत्त आचार्य र सदस्यहरुमा राधिका सुवेदी,सरस्वती पौडेल, कासिराम पाध्या र तिल प्रसाद पौडेलले आफ्नो उम्मेदवारी दर्ता गराउनु भएको छ ।