टेकराज भुसाल, भूमिकास्थान।
राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य झविलाल थापाले अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाको नगर प्रमुख (मेयर) पदमा उम्मेदवारी मनोनयन दर्ता गर्नुभएको छ ।
Advertisement
पाँचदलीय गठबन्धनबाट उहाँले सोमवार भूमिकास्थान नगरपालिकास्थित निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी मनोनयन दर्ता गर्नुभएको हो ।
भूमिकास्थानमा गठबन्धनको तर्फबाट प्रमुख राष्ट्रिय जनमोर्चाले पाएको हो। उपप्रमुख नेकपा (माओवादी केन्द्र) ले पाएको छ । उपप्रमुखमा माओवादीका बालकृष्ण बन्जाडेले उम्मेदवारी दर्ता गर्नुभएको छ ।
जनमोर्चाले भूमिकास्थान नगरपालिकामा प्रमुखसहित वडा नम्बर २, ४ र ५ वडामा नेतृत्व गर्ने र वडा ६, ७, ८ र १० मा जनमोर्चाले सदस्यको उम्मेदवार दर्ता गरेको छ भने वडा नं १ र ३ मा मैत्रीपूर्ण प्रतिष्पर्धा हुने भएकोले पूरा प्यानलको उम्मेदवारी दर्ता गरेको छ ।