प्युठान । राष्ट्रिय जनमोर्चाले नौबहिनी गाउँपालिका वडा नं ८ मा आइतबार उम्मेदवारी दर्ता गरेको छ ।
Advertisement
राजमोको तर्फबाट हेमन्तराज भण्डारीले अध्यक्षमा उम्मेदवारी दिनु भएको छ भने सदस्यहरुमा नारायण भण्डारी, तेजबहादुर सुनार, महिला सदस्य हुमादेवी भण्डारी, दलित महिला सदस्य निमा कामीले आफ्नो उम्मेदवारी दर्ता गर्नु भएको छ।

पक्षपातरहीत विकासलाई गति दिन तथा अन्याय अत्याचार विरुद्ध कठोर रूपमा प्रस्तुत हुन आफ्नो उम्मेदवारी रहेको अध्यक्षका प्रत्यासी भण्डारीले बताउनुभयो ।