• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

गण्डकीमा तालमेलको अन्तिम प्रयास, आइतबार मनोनयन नहुने


  •   आइतबार, बैशाख ११, २०७९ मा प्रकाशित
  • पोखरा । गण्डकी प्रदेशमा पाँचदलीय गठबन्धनबीच तालमेलको अन्तिम प्रयास भएको छ । तालमेलको विषय नटुंगिएकाले आज (आइतबार) मनोनयन नहुने भएको छ ।

    Advertisement

    निर्वाचन आयोगले आइतबार र सोमबार दुईदिन मनोनयन गर्ने तालिका तय गरेको छ । तालमेलको प्रयास भइरहेकाले गण्डकीमा सोमबार मात्रै मनोनयन दर्ता गर्ने सहमति भएको राष्ट्रिय जनमोर्चा गण्डकीका अध्यक्ष शंकर बरालले जानकारी दिनुभयो ।

    ‘हामी गठबन्धनको प्रयासमै छौँ । अन्तिम टुंगो लाग्न बाँकी छ’ बरालले युगदर्शनसँग भन्नुभयो, ‘त्यसकारण आइतबार मनोनयन दर्ता नगर्ने र पुनः सहमतिका साथ सोमबार दर्ता गर्ने टुंगोमा पुगेका छौँ ।’

    सहमतिका लागि आज पनि प्रदेश र जिल्ला तहमा छलफल गरिने बरालले बताउनुभयो ।

    यहि वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आज र भोलि देशैभर उम्मेदवारी दर्ता हुँदैछ। निर्वाचन आयोगले बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी (मनोनयन) दर्ताको लागि समय निर्धारण गरेको छ।

    देश भरका ७५३ स्थानीय तहअन्तर्गत छ महानगर, ११ उपमहानगर, २७६ नगरपालिका तथा ४६० वटा गाउँपालिकाको प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्य गरेर ३५ हजार २ सय २१ पदका लागि मनोनयन दर्ता हुन लागेको हो।

    उम्मेदवारी दर्ताका लागि सबै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आएका छन्। उम्मेदवार बन्न चाहनेले तोकिएका सबै प्रक्रिया पूरा गरेर उम्मेदवारी दर्ता गर्न सक्ने आयोगले जनाएको छ।

    आज र भोलि दर्ता हुने उम्मेदवारीबारे वैशाख १३ गते दाबी विरोध वा उजुरी दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ।

    त्यसैगरी वैशाख १४ र १५ गते उजुरी उपर जाँचबुझ गर्ने र १७ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने समय तोकिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

    आयोगले बहालवाला जनप्रतिनिधिलाई उम्मेदवार बन्न राजीनामा गर्नुपर्ने आचार संहिता लागू गरेको छ। उम्मेदवार बन्न चाहने जनप्रतिनिधिले धमाधम राजीनामा दिइरहेका छन्।

    निर्वाचन आफ्नो पक्षमा पार्न सत्तापक्ष र प्रमुख प्रतिपक्ष दलहरु गठबन्धन निर्माण गरेर निर्वाचनमा होमिएका छन्। तर, मनोनयनको दिनसम्म पनि धेरै ठाउँमा दलहरुले उम्मेदवार टुंग्याउन सकेका छैनन्।

    २०७४ सालमा तीन चरणमा गरिएको स्थानीय तह निर्वाचन यस पटक देशैभरि एकै चरणमा हुन लागेको हो।

    स्थानीय तह निर्वाचन ऐन अनुसार उम्मेदवारी दर्ता गर्ने दिनसम्म २१ वर्ष उमेर पूरा भएको नेपाली नागरिक स्थानीय तहका जुनसुकै पदमा उम्मेदवार हुन पाउने व्यवस्था छ।

    उम्मेदवार बन्ने व्यक्ति सम्बन्धित स्थानीय तह वा सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्छ।

    सरकारी सेवामा कार्यरत, निर्वाचन कसुरमा संलग्न भएर सजाय भोगेको दुई वर्ष नकाटेको, नैतिक पतन देखिने फौजदारी कसुर वा जन्मकैद हुने सजायमा अन्तिम फैसलाबाट सजाय पाएका व्यक्ति स्थानीय तहमा उम्मेदवार हुन पाउँदैनन्।

    स्थानीय तहको प्रमुख पदमा उम्मेदवारी दर्ताका लागि १ हजार ५ सय रुपैयाँ धरौटी निर्धारण गरिएको छ। त्यसैगरी वडाअध्यक्षका लागि १ हजार र सदस्यका लागि ५ सय रुपैयाँ धरौटी राख्नुपर्ने निर्वाचन आयोगले जनाएको छ। महिला, दलित तथा अल्पसङ्ख्यक समुदायका वा विपन्न उम्मेदवारलाई धरौटी रकममा आधा छुट हुने व्यवस्था आयोगले गरेको छ।

    ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा १ करोड ७९ लाख मतदाता रहने निर्वाचन आयोगले जनाएको छ। आयोगले मतदाता नामावली अद्यावधिक गरिसकेको छ।

    आइतबार, बैशाख ११, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.