नवराज पौडेल, कपिलवस्तु ।
कपिलवस्तुको शिवराज नगरपालिकामा राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी (जसपा) बीच चुनावी गठबन्धन भएको छ ।
शिवराज नगरपालिकामा नगर प्रमुख र उपप्रमुखसहित १० वडाअध्यक्ष तथा ३७ सदस्य जसपाको भागमा परेको छ भने १ जना वडा अध्यक्ष र ७ जना वडा सदस्य राष्ट्रिय जनमोर्चाको भागमा परेको छ ।
राजमोले शिवराज नगरपालिका वडा नं ३ मा अध्यक्ष उठाउने भएको छ । सो वडामा राजमोका तर्फबाट केयरसिंह अदैलाई उम्मेदवार बनाइएको छ ।
यस्तै, राजमोलाई वडा नम्बर १ मा २ जना, वडा नम्वर ३ मा २ जना र अन्य वडामा गरि कुल ७ वडा सदस्य भागवन्डा गरिएको राजमो जिल्ला सल्लाहाकार अदैले बताउनु भयो ।

गत २०७४ सालको स्थानीय तहको चुनावमा राजमो बाट अदैले १८५ र जसपाबाट पारस केवटले ४५० मत प्राप्त गर्नुभएको थियो । अहिलको स्थानीय तहको चुनावमा वडा नम्वर ३ मा नेपाली कांग्रेसबाट राजु खराल, नेकपा एमालेबाट निवर्तमान वडा अध्यक्ष टेकलाल सापकोटा, माओवादी केन्द्रबाट कपिल खनाल, राजमो र जसपा संयुक्तबाट केयर सिंह अदैले वडा अध्यक्ष पदका लागी उमेद्धारी दिइने बताइएको छ । यसरी हेर्दा अदैलाई बलियो उम्मेदवारका रुपमा हेरिएको छ ।
राजमो निस्वार्थ रुपमा सर्वहारा जनताको आवाज वकालत गर्ने पार्टी भएकोले, वडामा हुने भ्रष्टाचारको अन्त्य, लागुऔषध दुर्व्यसन नियन्त्रण गर्ने, शिक्षा, स्वास्थ्य, खानेपानी, कृर्षि सिंचाईलाई विषेश प्राथामिकता दिइने प्रतिबद्धता जनाउँदै अदैले वडामा आफ्नो जित सुनिश्चत रहको दावि गर्नुभएको छ । विभिन्न सामाजिक काममा सक्रिय अदैको सामाजिक छवीसमेत राम्रो छ ।