काठमाडौं । अखिल नेपाल किसान महासंघ (अप्फा) अन्तर्गत अखिल नेपाल सुकुम्बासी संघ, काठमाडौं जिल्ला समिति गठन गरिएको छ । वैशाख ६ गते सम्पनन भेलाले मोहन जिसीको अध्यक्षतामा समिति चयन गरेको हो ।
सात सदस्यीय समितिको उपाध्यक्षमा हरि शर्मा, सचिव लक्ष्मी राई, कोषाध्यक्ष दयाराम लामा, सदस्यमा कल्पना राई र मानबहादुर तामाङ रहनुभएको छ भने एक स्थान रिक्त राखिएको छ ।
कानुनी सल्लाहकारमा अधिवक्ता राजेन्द्र पुडासैनी रहनुभएको छ ।
भेलामा प्रमुख अतिथिको रुपमा मन्तव्य राख्दै किसान महासंघका अध्यक्ष एवम् अखिल नेपाल सुकुम्बासी संघका सल्लाहकार भैरव रेग्मीले वास्तविक किसानलाई जग्गाको मालिक नबनाउँदासम्म देश समृद्ध नहुने बताउनु भयो ।
राष्ट्रिय भूमि आयोगका सदस्यसमेत रहेका रेग्मीले भूमि आयोगले भूमिविहीन जनतालाई जग्गाको मालिक बनाउन पहल गरिरहेको जानकारी पनि दिनुभयो ।
कार्यक्रममा किसान महासंघका काठमाडौं जिल्ला अध्यक्ष केबी घले, अखिल नेपाल जनजाती सम्मेलनका केन्द्रीय अध्यक्ष निमबहादुर बुढा, किसान महासंघका केन्द्रीय सदस्य तथा महिला विभाग प्रमुख सावित्रा रेग्मीको आतिथ्यता रहेको थियो ।
भेलापछि सम्पन्न बैठकले सुकुम्बासीहरुको हक अधिकार प्राप्तिका लागि आन्दोलन गर्ने र सुकुम्बासीलाई संगठित गर्ने निर्णय गरेको छ ।