दाङ । राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले निर्वाचनमा जनताले जनविरोधीलाई दण्डित गर्नुपर्ने बताउनुभएको छ ।
राष्ट्रिय जनमोर्चा गढबा गाउँपालिकाद्वारा गढवा–१ को कुलपानीमा आयोजित अमसभालाई सम्बोधन गर्दै उहाँले जनविरोधीलाई सबक दिने मौका निर्वाचन भएको बताउनु भयो ।

‘जनताले सधैँभरी जनविरोधी पार्टीको विरोध गर्ने तर निर्वाचन आउँदा तिनैलाइ मत दिएर बलियो बनाउने हो भने बिरोधको अर्थ हुँदैन’ उहाँले भन्नुभयो, ‘निर्वाचनमा नै जनविरोधीलाई मत नदिएर दण्डित गर्नु पर्दछ ।’
कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष जनकराज शर्माले प्रतिगामीलाई पराजित गरेर देशले प्राप्त गरेका उपलब्धिहरुको रक्षा गर्नुपर्ने बताउनु भयो ।
यस्तै, लुम्बिनी प्रदेश सभा सदस्य तारा जिसिले राष्ट्रिय जनमोर्चाले मात्र जनताको भावनाको प्रतिनिधित्व गरेको र राष्ट्रियताको रक्षा गरेको हुँदा राष्ट्रिय जनमोर्चाका उम्मेदवारलाई बिजयी गराउन आग्रह गर्नुभयो ।
राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष गणेश आचार्यले निर्वाचनमा मतदान गर्दा चिनेको आधारमा भन्दा पनि उसको पार्टीले बोकेको विचार के छ भन्ने कुरा बुझेर मात्र मतदान गर्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य दिनमणि आचार्य, नवराज शर्मा लगायतले मन्तव्य राख्नु भएको थियो ।
पालिका अध्यक्ष कपिलदेव खनालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव टुकमान कुँवरले गर्नु भएको थियो ।
कार्यक्रममा अखिल नेपाल युवक संघका केन्द्रीय उपाध्यक्ष चित्र एमसी, जिल्ला सदस्यद्वय मातृका घिमिरे, लिला जिएम, राष्ट्रिय जनमोर्चा जिल्ला सल्लाहकार गुणनिधी शर्मा, जेष्ठ सदस्य कासिराम यादव, तिलकराम पोख्रेल, डण्ड बहादुर जिसि, यामलाल पोख्रेल, अखिल नेपाल शिक्षक संघका केन्द्रीय सदस्य लालबहादुर भण्डारी, केन्द्रिय प्रतिनिधि भानु जिएम, जिल्ला सदस्य ओमबहादुर मगर, अखिल (छैठौं) का जिल्ला सदस्य त्रिसन केसी, अनेमसंघ पालिका उपाध्यक्ष सोभा पोख्रेल, अखिल नेपाल किसान संघबाट ऋषिराम पन्थी, राजमो गढवा वडा नम्बर ४ को अध्यक्ष चिन्ताप्रसाद पोख्रेल, ५ नम्बर वडाका अध्यक्ष गिरराज भट्टराई, अखिल नेपाल जनजाति सम्मेलनका जिल्ला सल्लाहकार कर्ण बहादुर घर्ती, तराई मधेस जनवादी मोर्चाका रामाधार यादव, गढवा उधोग वाणिज्य संघका सदस्यद्वय मधु सिंह जिसि र सितेन्द्र बस्नेतको आतिथ्यता रहेको थियो ।