धनगढी । अखिल नेपाल युवक संघ सुदूरपश्चिम प्रदेश समितिका संयोजक मेर्जन शाहीलाई मातृशोक परेको छ ।
Advertisement
शाहीकी आमा अतिरुपा शाहीको ७७ वर्षको उमेरमा सेती प्रादेशिक अस्पताल धनगढीमा निधन भएको राजमो कैलालीका कार्यवाहक अध्यक्ष जगत प्रसाद जोशीले जानकारी दिलनुभएको छ ।
घोडाघोडी नगरपालिका–२ साडेपानी निवासी अतिरुपा शाहीको अन्त्येष्टि आज (आइतबार) चिसापानीमा गरिएको छ ।
राजमो, कैलालीले शाहीको निधनप्रति गहिरो दुःख प्रकट गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ ।