• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

कलाकारहरू विचार, सङ्गठन र अनुशासनले लैस हुनुपर्दछ : महामन्त्री सिंह


  •   शनिबार, चैत २६, २०७८ मा प्रकाशित
  • प्रकाश थापामगर, काठमाडौँ ।

    Advertisement

    नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले कलाकारहरू विचार, सङ्गठन र अनुशासनले लैस हुनुपर्ने आवश्यकतामा जोड दिनुभएको छ ।

    रक्तिम सांस्कृतिक अभियानको छत्तिसौँ स्थापना दिवसको अवसरमा २०७८ चैत २६ गते आयोजित भर्चुअल कार्यक्रममा मन्तव्य राख्दै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।

    ‘नयाँ नयाँ कलाकारहरूलाई सांस्कृतिक आन्दोलनमा ल्याएर मात्रै हुँदैन’ उहाँले भन्नुभयो– ‘उनीहरूलाई विचार, सङ्गठन र अनुशासनद्वारा लैस बनाउनुपर्दछ ।’

    महामन्त्री सिंहले जीवन शर्माको नेतृत्वमा हुँदा पनि रक्तिममा यो समस्या रहेको दाबी गर्नुभयो ।

    ‘जीवन शर्मा रक्तिमको अध्यक्ष हुँदा पनि त्यो समस्या थियो’ उहाँले भन्नुभयो– ‘त्यतिखेर पनि कलाकारहरूलाई वैचारिक, सैद्धान्तिक रूपले लैस नबनाउने, सङ्गठनमा ध्यान नदिने र अनुशासनमा ध्यान नदिने समस्या थियो ।’

    अहिले पनि रक्तिममा जीवन शर्माकालीन सो कमजोरीको छाप रहेको बताउँदै उहाँले भन्नुभयो– ‘रक्तिमको छत्तिसौँ स्थापना दिवसको अवसरमा म आह्वान गर्न चाहान्छु, ती कमजोरीमा सुधार गरेर रक्तिम सांस्कृतिक अभियान अगाडि बढ्नुपर्दछ ।’

    फुटपरस्त तत्त्वहरूले अहिले कथित रक्तिम सांस्कृतिक अभियान खोलेको जस्ता प्रसङ्गमा महामन्त्री सिंहले नेकपा (मसाल) बाट फुटेर गएका व्यक्तिहरूमा मुख्य रूपमा दुई खालका कमजोरी रहेको बताउनुभयो ।

    ‘फुटपरस्त तत्त्वहरूमा मुख्यतः दुई खालका कमजोरी देखा परेको छ’ उहाँले भन्नुभयो– ‘एकातिर, उनीहरू अराजक छन् भने अर्कोतिर, उनीहरूको राजनीतिक दिशा प्रतिगमनउन्मुख छ ।’

    थप व्याख्या गर्दै महामन्त्री सिंहले भन्नुभयो– ‘पार्टीमा मतभेद भएपछि बहुमत–अल्पमतको विधिद्वारा टुङ्गो लगाइन्छ । त्यसपछि सबैले त्यसलाई मानेर जानुपर्दछ । तर हामीबाट गएका फुटपरस्तहरूले एमाले, माओवादीमा जस्तै बहुमतको निर्णयको सार्वजनिक विरोध गर्दछन् ।’

    उहाँले यस खालको अराजकता, अनुशासनविहीनता रोक्न पार्टीले सुझाव, चेतावनी, निलम्बन, निष्काशन जस्ता अनुशासनको प्रक्रिया अपनाएको दाबी गर्दै भन्नुभयो– ‘यी सबै विधिप्रक्रिया उनीहरूले नमानेका कारणले नै हामीले बाध्य भएर अनुशासनको कारबाही गरेका छौँ ।’

    अर्कोतर्फ, फुटपरस्त तत्त्वहरूको राजनीतिक दिशा प्रतिगमनउन्मुख भएको बताउँदै उहाँले भन्नुभयो– ‘उनीहरू अहिले सामन्तवादलाई प्रधान दुस्मन मान्दैनन्, देशमा प्रतिगमन भएको मान्दैनन् । यसरी उनीहरू प्रतिगमनकारी शक्तिको कित्तामा उभिन पुग्दछन् ।

    ‘मसालबाट २०४२ सालमा फुटेकाहरू प्रारम्भमा सामन्तवादको विरुद्ध गएका थिए’ उहाँले भन्नुभयो– ‘अहिलेका फुटपरस्तहरू प्रारम्भमा नै सामन्तवादसितको अन्तरविरोधलाई गौण बताइरहेका छन् ।’

    सम्बोधनको क्रममा उहाँले कम्युनिस्ट पार्टीभित्र गलत विचारका विरुद्ध सङ्घर्ष नभए पार्टी नै समाप्त हुने बताउनुभयो ।

    ‘रुस र चीनको अनुभवले बताउँछ’ उहाँले भन्नुभयो– ‘त्यहाँको कम्युनिस्ट पार्टीले जबसम्म पार्टीभित्रको गलत विचारको विरुद्ध सङ्घर्ष चलायो, तबसम्म ती पार्टी जीवित थिए, जब त्यस खालको अन्तरसङ्घर्ष परित्याग गरियो, ती पार्टी नै समाप्त भए ।’

    सही र गलत विचारमाझको द्वन्द्व मानव समाजको स्वाभाविक प्रक्रिया रहेको बताउँदै उहाँले यस्तै द्वन्द्वले कम्युनिस्ट पार्टी जीवित रहने दाबी गर्नुभयो ।

    कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले रक्तिम सांस्कृतिक अभियानको गौरवशाली इतिहास रहेको बताउनुभयो ।

    ‘अहिले गणतन्त्र र धर्म निरपेक्षता धरापमा पर्न खाजेको छ’ उहाँले भन्नुभयो– ‘रक्तिमले पनि देशको गणतन्त्र र धर्म निरपेक्षताको रक्षाका लागि सङ्घर्ष गर्नुपर्दछ ।

    रक्तिमकै नामबाट केही व्यक्तिहरूले क्रान्तिकारी ढोङ रचेको बताउँदै अध्यक्ष केसीले यस्ता फुटपरस्त तत्त्वहरूले नेकपा (मसाल) सखाप पार्ने अभियान चलाएकाले त्यसबारे सतर्क रहनुपर्ने बताउनुभयो ।

    सम्बोधनको क्रममा उहाँले सामाजिक परिवर्तन गर्न चाहनेहरू सर्वप्रथम आफै परिवर्तित हुनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले मसाललाई सखाप पार्ने प्रयास धेरै पहिलेदेखि भइरहेको स्मरण गर्नुभयो ।

    ‘तर हामी निष्क्रिय भयौँ भने मात्र उनीहरू बलिया हुने छन्’ उहाँले भन्नुभयो– ‘अर्कातिर, हामी सक्रिय भयौँ भने मसालका विरोधीहरू स्वतः कमजोर बन्ने छन् ।’

    उहाँले अनुशासनविहीन, अराजक र अवसरवादीसितको सङ्घर्षलाई खेतबारीका झारपात उखेल्ने कामसित तुलना गर्नुभयो ।

    ‘अहिले रक्तिमकै नामबाट यस्ता झारपात उम्रिरहेका छन्’ उहाँले भन्नुभयो– ‘यस्ता झारपात, ऐजेरुलाई हामीले बेलैमा चिनेर उखेल्नुपर्दछ ।’
    उहाँले रक्तिमका साथीहरू उत्ताउलो भएर होइन, चट्टानी अडान लिएर सांस्कृतिक आन्दोलनमा डट्न आग्रह गर्नुभयो ।

    राष्ट्रिय जनमोर्चाका नेता आनन्द शर्माले रक्तिम सांस्कृतिक अभियानको गठन सामन्तवाद, साम्राज्यवाद विरोधी सङ्गठनको रूपमा भएको बताउनुभयो ।

    ‘जुन फुटपरस्तहरूले अहिले रक्तिमको सङ्गठन निर्माण गरेको बताएका छन्’ उहाँले भन्नुभयो– ‘उनीहरूले सामन्तवादलाई गौण बताउँछन्† प्रतिगमन भएको मान्दैनन् ।’

    उहाँले भन्नुभयो– ‘यसरी फुटपरस्तहरू रक्तिमको वैचारिक पक्षलाई परित्याग गर्न पुगेका छन् ।’

    कुनै समयमा केशरजङ्ग रायमाझी नेपाल कम्युनिस्ट पार्टीको महासचिव भएको प्रसङ्ग कोट्याउँदै उहाँले भन्नुभयो– ‘रक्तिमको स्थापना कुनै अमुक व्यक्तिको नेतृत्वमा भयो भन्दैमा त्यही नै प्राधिकार हो भन्ने जस्तो गलत धारणाबाट हामी मुक्त हुनुपर्दछ ।

    उहाँले अहिले रक्तिमले प्रतिगमनको विरुद्धमा गीत गाउनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    ‘रक्तिमले सामन्तवादको विरोध गरेर गीत गाउनुपर्दछ । अझै प्रतिगमनको विरुद्धमा रक्तिमले गीत गाउनुपर्दछ’ नेता शर्माको भनाइ थियो ।

    कार्यक्रममा रक्तिमका अध्यक्ष रेम रानाले रक्तिम सांस्कृतिक अभियानको इतिहाससित सम्बन्धित लिखित मन्तव्य प्रस्तुत गर्नुभएको थियो ।

    सो अवसरमा अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मीना पुन, अखिल नेपाल युवक सङ्घका अध्यक्ष कृष्णराज पाण्डे, तराई–मधेस जनवादी मोर्चाका अध्यक्ष बद्रे आलम, प्रगतिशील लेखक सङ्घका सचिव गिरिप्रसाद बुढा, अखिल नेपाल प्रगतिशील लेखक सङ्घका केन्द्रीय सदस्य समीर सिंह, जातीय समता समाजका महासचिव भक्त विक, अखिल नेपाल टे«ड युनियन महासङ्घ (अन्टुक) का अध्यक्ष लोकराज भुसाल, अखिल (छैठौं) का केन्द्रीय सदस्य रिसव आचार्य र रक्तिम सांस्कृतिक अभियान कतारका हुमाकान्त आचार्यले पनि मन्तव्य राख्नुभएको थियो ।

    महासचिव जीवन शाहीको सञ्चालन, केन्द्रीय सचिव हेमराज आश्रमको स्वागत मन्तव्यका साथ अघि बढेको उक्त कार्यक्रमको अध्यक्षता केन्द्रीय सदस्य बाबुराम आर्चाले गर्नुभएको थियो ।

    रक्तिम सांस्कृतिक अभियान केन्द्रीय समिति आयोजक रहेको सो कार्यक्रममा रक्तिम चितवनका कलाकारहरूले स्वागत गीत प्रस्तुत गर्नुभएको थियो ।

    शनिबार, चैत २६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.