प्युठान । भारतको छतिसगढमा दुर्घटनामा परी निधन भएका झिमरूक गाउँपालिका वार्ड नं ७ तुषाराका कार्यपालिका सदस्य कृष्ण सुनारका छोरा २१ वर्षीय हिमालप्रति श्रद्धाञ्जली दिन श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ ।
हिमालको निधन भएको ११ औँ दिनमा उनको घरमै श्रद्धाञ्जली सभाको आयोजना गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य तारा जिसीले कलिलो उमेरमा एउटा होनहार कार्यकर्ता, परिवार र समुदाय समेतले आशलाग्दा युवा गुमाउनु परेको बताउनुभयो । उहाँले यो अवस्थामा शोकलाई शक्तिमा बदल्न परिवारजन र आफन्तसँग आग्रह गर्नुभयो ।
कार्यक्रममा आफ्नो समुदायको समाजिक विकासको लागि बुबा कृष्ण सुनारले छोराको सम्झनास्वरूप आवश्यक सामानसमेत हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रममा राजमो केन्द्रीय सदस्य नारायण जिसी, लोक बहादुर एम्सी, राजमो स्थानीय नेता खिम बहादुर बस्नेत, अनेमसंघ जिल्ला चुनाव प्रचार प्रचार समिति सदस्य राधा थापा, राजमो वार्ड सचिव भोजु गिरी, राजमो पूर्ववार्ड अध्यक्ष इमानसिंह भण्डारी, किसान महासंघका वडा समितिका अध्यक्ष पूर्णबहादुर एम्सी, युवक संघका वडा सचिव बसन्त केसी, मूल प्रवाह सूदूर पश्चिमउत्तरका मोहन रसाइली, वयोवृद नेताहरू मैत बहादुर सुनार, लिला बहादुर भण्डारी लगायतलेको पनि आतिथ्यता रहेको थियो ।
मृतक परिवारका वयोवृद्ध कान्छा हजूरबुवा च्यान्टे सुनारको अध्यक्षता, राजमो नेता खड्क बहादुर महताराको सञ्चालन, जातीय समता समाज प्युठान जिल्ला सदस्य रेकम सुनारको स्वागतबाट अगाडि बढेको कार्यक्रममा मृतक हिमालप्रति एक मिटन मौनधारण गरिएको थियो ।