काठमाडैं । चितवनका नारायणप्रसाद दाहाल राष्ट्रिय सभा सदस्यमा मनोनीत हुनुभएको छ ।
Advertisement
राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका भाइ नारायण दाहाललाई शुक्रबार राष्ट्रिय सभा सदस्य मनोनीत गर्नुभएको हो ।
नेपालको संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (ख) बमोजिम दाहाललाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।