सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पाँच दलले चुनावी गठबन्धन गर्ने सहमति गरेका छन् ।
Advertisement
वीरेन्द्रनगरमा बिहीबार बसेको सुर्खेत जिल्लास्तरीय संयन्त्रको बैठकले यस्तो निर्णय लिएको हो । वैशाख ३० गते हुने भनिएको स्थानीय तह निर्वाचनमा सुर्खेतका ९ वटै पालिका, कार्यपालिका सदस्य र जिल्ला समन्वय समितिमा समेत तालमेल गरेर जाने निर्णय पाँच दलले गरेका हुन्।
जिल्लामा गठित पाँच दलीय गठबन्धनमा १० जना रहेको संयन्त्र गठन गर्ने निर्णय गरिएको छ। सबै स्थानीय पालिकाहरुमा स्थानीय संयन्त्रको नियमित बैठक गर्ने पनि दलहरुले निर्णय लिएका छन्।
उक्त संयन्त्रमा स्थानीय तहका पार्टी प्रमुख रहनेछन्। बैठकमा गठबन्धन दलहरूबीच गठबन्धनको मर्म र भावना अनुसार व्यवहार गर्ने निर्णय पनि गरिएको छ।