बागलुङ । राष्ट्रिय जनमोर्चा काठेखोला गाउँपालिका वडा नं. ४ (तंग्राम–९) फापरखेतको टोल भेला बुधबार सम्पन्न भएको छ ।
Advertisement
थमन पुनको अध्यक्षतामा सम्पन्न भेलामा राष्ट्रिय जनमोर्चा बागलुङका सचिवालय सदस्य लक्ष्मण पुन, जातीय समता समाज बागलुङका सचिव टीका संगम बिक, राष्ट्रिय जनमोर्चा तंग्रामका अध्यक्ष बिष्णु कडेलले सम्बोधन गर्नुभएको थियो ।
भेलाले काठेखोला गाउँपालिका – ४ (तंग्राम–९) फापरखेतको स्थानीय निर्वाचनका लागि थमन पुनको संयोजकत्वमा ५ सदस्यीय निर्वाचन परिचालन समिति, दिल बहादुर पुनको संयोजकत्वमा ९ सदस्यीय निर्वाचन प्रचारप्रसार समिति, निशान पुनको संयोजकत्वमा ७ सदस्यीय युवा परिचालन समिति चयन गरेको छ ।