सुनवल । राष्ट्रिय जनमोर्चाको सुनवल नगरपालिका वडा नम्बर १० गैडाखालमा चुनावी भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश सदस्य तिलकप्रसाद सुवेदीले प्रशिक्षण दिनुभएको थियोे । भेलालाई राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष कृष्णबहादुर अधिकारी र अखिल नेपाल जनजाति सम्मेलन प्रदेश सदस्य तथा राजमो सुनवल नगर अध्यक्ष शेरबहादुर सुर्यवंशीले सम्बोधन गर्नुभएको थियोे ।
भेलाले देवीराम सर्बुजाको संयोजकत्वमा तिलबहादुर थापा, कृष्णा थापा, कुलबहादुर तरामी, कृष्णबहादुर थापा, गंगाबहादुर थापा, श्रीप्रसाद सर्बुजा सहित सात सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ ।
साथै भेलाले तिलबहादुर थापाको संयोजकत्वमा २५ सदस्यीय चुनाव प्रचार प्रसार समिति समेत गठन गरेको छ। जसमा सदस्यहरू यमबहादुर थापा , निमिया थापा, कुलबहादुर थापा, कृष्णबहादुर थापा, देवीराम सर्भुजा, श्रीप्रसाद सर्भुजा, रतनबहादुर थापा , जंगबहादुर थापा, जब्बरबहादुर श्रीस , कमलबहादुर थापा, बोमबहादुर थापा, लिला थापा , खागिसरा थापा, मनकुमारी थापा , सुनिता अस्लामि, मनकुमारि पुन, कुमारि थापा, सोभा परियार , जमुना कुवर, देउमति सर्बुजा, बिमला थापा, नरबहादुर बिक र धनमाया पुन रहनु भएको छ।
भेला देवीराम सर्बुजाको अध्यक्षता, तिलबहादुर थापाको सञ्चालन र कृष्णा थापाको स्वागत मन्तव्यबाट अघि बढेको थियो ।