कृष्णप्रसाद शर्मा अधिकारी, काठमाडौँ ।
अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वार्ड न १ मा राष्ट्रिय जनमोर्चाको चुनावी भेला सम्पन्न भएको छ । सोमबार सम्पन्न प्रशिक्षण भेलालाई अखिल नेपाल किसान महासंघका अध्यक्ष एवम् राष्ट्रिय भूमि आयोगका सदस्य भैरवराज रेग्मीले सम्बोधन गर्नुभयो ।
प्रशिक्षणात्मक मन्तव्य व्यक्त गर्दै अध्यक्ष रेग्मीले जनताको हितको लागि जनसंघर्षको रूपमा स्थानीय चुनाव उपयोग हुने बताउनुभयो । उहाँले प्रतिगमन विरुद्ध तथा राष्ट्रियता, गणतन्त्र र धर्मनिरपेक्षता रक्षाको लागि हाल पाँच पार्टीहरुबीच चुनावी तालमेल हुन थालेको समेत बताउनु भएको थियो ।
कार्यक्रममा राजमो केन्द्रीय सदस्य सागर केसी, राजमो लुम्बिनी प्रदेश सदस्य तथा अर्घाखाँची जिल्ला सचिव बाबुराम पन्थी, राजमो भूमिकास्थान नगर सदस्य भोजराज खनाल, अखिल नेपाल महिला संघकी खुमा बेल्वासे, अखिल नेपाल शिक्षक संघ भूमिकास्थान नगर सचिव रामप्रसाद खनाल लगायतले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रम राजमो भूमिकास्थान १ का अध्यक्ष मेघराज खनालको अध्यक्षता र राम बहादुर नेपालीको सञ्चालनमा सम्पन्न भएको थियो ।