• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

शोविशन–किरण स्मृति फाउन्डेसनद्वारा आश्रमलाई सहयोग


  •   सोमबार, चैत २१, २०७८ मा प्रकाशित
  • श्यामलाल पोखरेल, बुटवल ।
    शोविशन–किरण स्मृति फाउन्डेसन रुपन्देहीले बुटवलको मानव सेवा आश्रमलाई आर्थिक सहयोग गरेको छ । फाउन्डेसनले शोविशन र किरण पाण्डेको स्मृतिमा मानव सेवा आश्रमलाई ११ हजार आर्थिक सहयोग गरेको हो ।

    Advertisement

    २०७८ चैत २१ गते सोमबार बुटवलको मानव सेवा आश्रममा कार्यक्रमको आयोजना गरी फाउन्डेसन परिवारले आर्थिक सहयोग गरेको छ ।

    फाउन्डेसनले शोविशन–किरणको स्मृतिमा वार्षिक रूपमा गरिब, रक्तदान कार्यक्रमको आयोजनाका साथै विपन्न तथा असहायहरूलाई सहयोग गर्दै आएको छ । गत वर्ष कोरोना रोकथाम तथा उपचारका लागि तिलोत्तमा नगरपालिकाले स्थापना गरेको राहतकोषका लागि आर्थिक सहयोग गरेको फाउन्डेसनले यस वर्ष आश्रममा आश्रितका लागि आर्थिक सहयोग गरेको हो ।

    कार्यक्रममा बोल्दै लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष डिल्लीनारायण पाण्डेयले मानवीय सहयोग नै वास्तविक धर्म भएको बताउँदै शोविसन–किरणप्रति श्रद्धासुमन व्यक्त गरे ।

    कार्यक्रममा फाउन्डेसनका संरक्षक विष्णुजी पाण्डे, लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल रुपन्देही अध्यक्ष दीपक कार्की, मानव सेवा आश्रमका शेरबहादुर गौतम, फाउन्डेसनका उपाध्यक्ष अनुरजक, डाक्टर सतिष रुपाखेती, नारायण थापलगायतले बोल्दै शोविसन–किरण फाउन्डेसनलाई थप व्यवस्थित र कोष बढाउनुपर्नेमा जोड दिए ।

    फाउन्डेसनका अध्यक्ष धनबहादुर गुरुङको अध्यक्षता र प्रदीप जिसीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

    गत २०७२ चैत २० र २१ गते अल्पआयुमै शोविशन र किरण पाण्डेको निधन भएको थियो। रुपन्देहीका हास्यव्यङ्ग्य कलाकार विष्णुजी पाण्डे ‘माइला बा’ र शोभा पाण्डेका दुवै छोरा शोविशन र किरणको एक दिनको फरकमा उपचारको क्रममा मृत्यु भएको थियो । तातो दुधमा परेर गम्भीर घाइते भएका शोविशनको २०७२ चैत २० गते उपचारको क्रममा काठमाडौमा निधन भएको थियो । त्यस्तै ज्वरो र पखालाको अवस्थामा उपचारकै क्रममा शोविशनका भाइ किरणको एक दिनको फरकमा २१ गते बुटवलको सिद्धार्थ महिला तथा बाल अस्पताल आम्दामा निधन भएको थियो । शोविशन पाण्डे दुई वर्षका थिए भने किरण पाण्डे सात महिनाका थिए ।

    सबैको मन छुने अकल्पनीय घटना घटेपछि कलाकार, पत्रकार र सामाजिक व्यक्तित्वको सक्रियतामा कलाकार धनबहादुर गुरुङ अध्यक्ष रहेको शोविशन–किरण फाउन्डेसन गठन गरिएको थियो । शोविशन र किरणका बाबा विष्णुजी पाण्डे ‘माइला बा’ संरक्षक रहेको शोविशन–किरण फाउन्डेसन अहिले रुपन्देहीमा सक्रिय छ ।

    फाउन्डेसनले रुपन्देहीको तिलोत्तमा नगरपालिकाले स्थापना गरेको कोरोना रोकथाम तथा उपचार राहत कोषका लागि २५ हजार सहयोग गरेको थियो ।

    सोमबार, चैत २१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.