श्यामलाल पोखरेल, बुटवल ।
स्वतन्त्र नागरिक समूह नेपालले रुपन्देहीको मणिग्राममा २०७८ चैत २० गते नेपालको राष्ट्रियता, राष्ट्रिय स्वाधीनता तथा स्वाभिमानमा एम.सी.सी. परियोजनाको प्रभाव विषयक अन्तरक्रिया गरेको छ ।
अमेरिकी परियोजना एम.सी.सी. को विरोध गर्दै आएको स्वतन्त्र नागरिक समूह नेपालको आयोजनामा नागरिक अगुवा, राजनीतिक दल, कानुन व्यवसायी, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, सञ्चारकर्मीहरूको सहभागितामा सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै पूर्व जर्नेल डाक्टर प्रेमसिंह बस्न्यातले एम.सी.सी. नेपालको अहिले र भविष्यमा घातक सिद्व हुने बताए । एम.सी.सी. परियोजनाका प्रतिनिधिहरूले अनुदान हैन, लगानी हो भन्दाभन्दै हाम्रा केही नेताहरूले संसद्बाट पास गराएको उनले दाबी गरे।
विकासका लागि विदेशी सहयोग ल्याउनुपर्छ तर विकासकै नाममा देशलाई बन्दक राखेर विदेशी लगानी भिœयाएर त्यसलाई संसद्बाट पास गर्नु ऐतिहासिक गल्ती भएको उनको भनाइ थियो ।
कार्यक्रममा प्रगतिवादी साहित्यकार दिल साहनीले एम.सी.सी. देशको लागि घातक भएकाले जनतालाई सचेत बनाएर भगाउन सकिने बताए । सुगौली सन्धिपछि एम.सी.सी. नेपालको लागि दोस्रो घात हो भन्दै उनले भने– एम.सी.सी. संसद्बाट पास भएपछि अमेरिका नेपाल भित्रियो† अब नेपाली दास भए, नेपाली स्वतन्त्र छैनन् ।
लेखक बिनबहादुर कुँवरले एम.सी.सी. पास भएको दिनलाई अब कालो दिनको रूपमा दुःख मनाउनुपर्ने बताए । उनले संसद्बाट एम.सी.सी. पास भएपछि अर्धऔपनिवेशिक देश नेपाल पूर्ण रूपले औपनिवेशिक बन्न सक्ने दाबी गरे। चीनलाई कमजोर बनाउन भारतको साथ लिएर अमेरिकाले एम.सी.सी. को माध्यमबाट आफ्ना सेना नेपाल भिœयाउने अमेरिकाको चाहना प्रचण्ड, ओली, बाबुराम, झलनाथ र माधव नेपालहरूले पूरा गर्दिएको आरोप लगाए ।
नागरिक अगुवा तथा अधिवक्ता पदमबहादुर कार्कीले शासक दलका नेताहरूका कारण देश धरापमा परेको बताए । उनले गणतन्त्रवादी हँु भनेर बोल्नेहरूले नै संसद्बाट एम.सी.सी. पास गराएर नेपाल र नेपालीलाई धोका दिएको बताउँंदै तिनीहरू विरुद्व नागरिक स्तरबाट खबरदारी गरिरहनुपर्नेमा जोड दिए ।
नेकपा (क्रान्तिकारी माओवादी) का पोलिटब्युरो सदस्य पे्रम सुवेदीले एम.सी.सी. ले नेपालका राजनीतिक दलमा विभाजन ल्याएको बताए । उनले विकासको नाममा ल्याइएको एम.सी.सी. ले नेपालको विकास होइन, विनाश गर्ने दाबी गरे ।
नेकपा (एमाले) रुपन्देहीका सचिव यज्ञ गैरेले एम.सी.सी. को माध्यमबाट देशको विकास गर्न सकिने उद्देश्यले आएको दाबी गरे । उनले एम.सी.सी. का गलत पक्ष पनि भएकाले त्यस विषयमा सबै दल र नेपाली जनता सचेत हुन जरुरी रहेको बताउंदै एमालेका नेतामाथि लागेका आरोपबारे पार्टीमा कुरा उठाउने प्रतिबद्वता जनाए ।
नेकपा माओवादी केन्द्रका लक्ष्मण खनालले आफू एम.सी.सी.को विपक्षमा रहेको बताउँदै एम.सी.सी. ले ल्याउने दुष्परिणामबारे पार्टीमा कुरा उठाउने बताए ।
नेकपाका नेता वीरेन्द्र विकले भारतको सहयोगमा चीनलाई कमजोर बनाउने गरी सैन्य रणनीतिसहित भित्रिएको एम.सी.सी. परियोजना संसद्बाट पास भएसँगै अमेरिकी साम्राज्यवाद नेपालमा भित्रिएको उनको दाबी छ ।
स्वतन्त्र नागरिक समूहका केन्द्रीय अध्यक्ष विश्वराज गैरेको अध्यक्षता, महासचिव टोपबहादुर केसीको सञ्चालन र उपाध्यक्ष दिलबहादुर रानाकोे स्वागतमा कार्यक्रम भएको थियो ।