पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिकामा विभिन्न पार्टी परित्याग गरी १५ जना राजमोमा प्रवेश गरेका छन् ।
शनिबार भुवनपोखरीमा भएको चुनावी प्रशिक्षण भेलाका क्रममा विष्णु सुनारको नेतृत्वमा नेपाली कांग्रेस, एमाले र माओवादी परित्याग गरी १५ जना कार्यकर्ता राजमोमा प्रवेश गरेका हुन् ।
नवप्रवेशीहरुलाई राजमो केन्द्रीय सदस्य सोमकुमार कार्की र जिल्ला अध्यक्ष विशाल दर्लामीले सदस्यता दिएर पार्टीमा स्वागत गर्नुभएको छ ।

कार्यक्रममा केन्द्रीय सदस्य कार्की, जिल्ला अध्यक्ष दर्लामीसहित अखिल नेपाल ट्रेड युनियम महासंघ (अन्टुक) का केन्द्रीय उपाध्यक्ष टिकाराम पौडेल, अखिल नेपाल महिला संघका केन्द्रीय सदस्य नरमती सिञ्जालीलगायत नेताहरुले आगामी स्थानीय निर्वाचनका विविध पक्षबारे स्पष्ट पार्नुभएको थियो ।
निर्वाचन केन्द्रित सो राजनैतिक प्रशिक्षण कार्यक्रमको अध्यक्षता विष्णुप्रसाद बञ्जाडे, सञ्चालन विष्णु ज्ञवाली र स्वागत फर्सबहादुर विकले गर्नुभएको थियो ।