बागलुङ । राष्ट्रिय जनमोर्चा बागलुङ नगरपालिका वडा नं. १४ नारायणस्थानको चुनावी भेला शनिबार साना किसान कृषि सहकारीको सभाहलमा सम्पन्न भएको छ ।
भेलामा राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश सदस्य तिलक थापा, अखिल नेपाल किसान संघ बागलुङका सदस्य ढुण्डिराज शर्मा, अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघ बागलुङका सदस्य केशव सुवेदी, वडा सल्लाहकार लक्ष्मी नारायण श्रेष्ठ, अखिल नेपाल शिक्षक संघका नारायण प्रसाद ढकाल, अखिल नेपाल युवक संघ नगर सदस्य प्रकाश पौडेल लगायतले मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रममा जातीय समता समाजका जिल्ला सदस्य भक्त बहादुर विक, दिल बहादुर नेपाली, हरि बहादुर खड्का, चुडामणि सुवेदी, कृष्ण बहादुर खत्री, राजेन्द्र सुवेदी, चन्दा सुनार लगायतको आतित्थ्यता रहेको थियो ।

भेलाले नारायणस्थानको स्थानीय निर्वाचनका लागि राम बहादुर खड्काको संयोजकत्वमा ११ सदस्यीय निर्वाचन परिचालन समिति, प्रकाश पौडेलको संयोजकत्वमा १०१ सदस्यीय निर्वाचन प्रचारप्रसार समिति, चुडामणि सुवेदीको संयोजकत्वमा ५ सदस्यीय आर्थिक समिति, भक्त बहादुर विकको संयोजकत्वमा ५१ सदस्यीय युवा परिचालन समिति, सीता पौडेलको संयोजकत्वमा २५ सदस्यीय महिला परिचालन समिति चयन गरेको छ ।
कार्यक्रम वडा समिति अध्यक्ष राम बहादुर खडकाको अध्यक्षता, सचिव योगेन्द्रराज पौडेलको सञ्चालन र भुमिराज शर्माको स्वागत मन्तब्यमा सम्पन्न भएको थियो ।