शंकर प्रसाद पोख्रेल/बल तरामी मगर, गुल्मी ।
कालीगण्डकी गाउँपालिका वडा नं ७ भुर्तुङ्गमा राष्ट्रिय जनमोर्चाको चुनावी भेला सम्पन्न भएको छ । कार्यक्रमका् उद्घाटन राजमोका केन्द्रीय सदस्य रामकुमार क्षेत्रीले गर्नुभएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेता क्षेत्रीले चुनाव भनेको नेताले गरेको कामको लेखाजोखा गर्ने बेला हो भन्नुभयो । साथै उहाँले भ्रस्टाचारीलाई तह लगाउने, सच्चा देशभक्त पार्टी र व्यक्तिलाई चुन्ने एवम् सहि नीति र सिद्धान्त भएको पार्टीलाई रोज्ने अवसर पनि भएको बताउनुभयो ।
‘वास्तवमा राष्ट्रिय जनमोर्चा नै यो देशको पहरेदार पार्टी हो। यो आफैँमा राष्ट्रवादी छ । जब जब देशमा कठिन अवस्थाको सृजना हुन्छ तब त्यो बेलामा जनमोर्चा देशको पच्क्षमा उभिएको छ’ उहाँले भन्नुभयो, ‘जबजब देशका ठूला भनाउँदा दलहरुले देशलाई घात गर्छन् तबतब राष्ट्रघातीको विपक्षमा र राष्ट्रको पक्षमा वकालत गर्ने न्यायप्रेमी जनताको पार्टी राष्ट्रिय जनमोर्चा हो ।’
भेलामा राजमो गुल्मी जिल्ला सदस्य पूर्ण बहादुर थापा, राजमो कालीगण्डकीका उपाध्यक्ष तथा ४ नम्बर वडा अध्यक्ष सूर्य क्षेत्री, कालीगण्डकी गाउँपालिका रक्तिमका सदस्य ललिता थापा, कालीगण्डकी–३ राजमो अध्यक्ष बेलमाया थापा, अखिल (छैटौं) गुल्मी जिल्ला सदस्य गंगा गिरी, राजमो वरिष्ठ सदस्य ओम प्रकाश गुरुङ लगाएतको आतिथ्यता रहेको थियो ।
भेलाले विनोद गिरीको संयोजकत्वमा ५ सदस्यीय चुनाव परिचालन समिती गठन गरेको छ भने कृष्ण पुनको संयोजकत्वमा ३१ सदस्यीय प्रचार प्रसार समिति साथै तीन सदस्यीय आर्थिक समिति र १७ सदस्यीय स्वयंसेवक परिचालन समिति पनि गठन गरेको छ ।
कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरुले विभिन्न जनवादी गीत, संगीत र नृत्य प्रस्तुत गरेका थिए ।
भेलाको अध्यक्षतामा बिनोद गिरी, स्वागत चन्द्र बहादुर गुरुङ र सञ्चालनमा यमन थापाले गर्नुभएको थियो ।
छत्रकोट–३मा ३१ सदस्यीय प्रसार समिति निर्माण
यता, छत्रकोट गाउँपालिका– ३ को चुनावी भेला सम्पन्न भएको छ । राजमो नेता गुमानसिंह पुनको सञ्चालनमा अगाडि बढेको कार्यक्रमको अध्यक्षता राजमो छत्रकोट ३ का अध्यक्ष श्यामलाल पन्तले गर्नुभएको थियो भने स्वागत चम्पा पुनले गर्नुभएको थियो ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका जिल्ला नेता हरि न्यौपानेले प्रशिक्षतात्मक मन्तव्य राख्नुभएको कार्यक्रममा प्रगतिशील पत्रकार संघका केन्द्रीय सदस्य शंकर प्रसाद पोख्रेल, राजमो छत्रकोट गाउँपालिकाका अध्यक्ष दधिराम कंडेल, अखिल नेपाल युवक संघका जिल्ला अध्यक्ष खिम बहादुर बुचा मगरको उपस्थिति रहेको थियो।
भेलाले राष्ट्रिय जनमोर्चाको चुनावी अभियान कार्यक्रमलाई छ्त्रकोटमा आम जनतासम्म पुराउने निर्णय गरेको छ।
भेलाले रामु पुनको संयोजकत्वमा पाँच सदस्यीय चुनाव परिचालन समिति, खिम बहादुर बुचाको संयोजकत्वमा ३१ सदस्यीय चुनाव प्रचार प्रसार समिती ,हरि पुनको संयोजकत्वमा आर्थिक परिचालन समिति निर्माण भएको छ ।