कपिलवस्तु । राष्ट्रिय जनमोर्चा वाणगंगा नगरपालिका वडा नं. ५ को भेला सिमलखोमा सम्पन्न भएको छ । शुक्रबार चेतनारायण पाण्डेको अध्यक्षतामा भेला समपन्न भएको हो ।
Advertisement
भेलाले चेतनारायण पाण्डेको अध्यक्षतामा ३९ सदस्सीय निर्वाचन प्रचार प्रसार समिति, सशी सापकोटाको संयोजकत्वमा ३ सदस्सीय आर्थिक समिति र युवराज आचार्यको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेको छ ।
भेलालाई राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष दधिराम आचार्य, राजमो उपाध्यक्ष राम प्रसाद बेल्बासे र अखिल नेपाल बुद्धिजीवि संघका संयोजक सशी सापकोटाले राजनीतिक परिस्थिति र स्थानीय निर्वाचन सम्बन्धी प्रशिक्षण दिनुभएको थियो ।