दिनेश रैदास दाङ ।
अखिल नेपाल युवक संघको घोराहीमा अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । मंगलबार घोराही नगरअध्यक्ष डोरबहादुर केसीको अध्यक्षतामा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो।
भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि राजमो केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यले अमेरिकी सम्राज्यवादी मुलुक भएकोले अमेरिकाले विश्वव्यापी रुप जस्तै नेपालमा पनि एमसिसि जस्तो राष्ट्रघाती सम्झौता लागु गराएर नेपालमा प्रभुत्वा जमाउन खोजेको बताउनु भयो ।
उहाँले भन्नुभयो– ‘नेपाल प्रकृतिक स्रोतले धनि देश हो, गणतन्त्रको रक्षा, देश टुक्राउने संघीयताको खारेज लगायत बिषयमा सशक्त रूपमा आवाज उठाउने एमसिसि खारेज सगै देशको राष्टियताको रक्षा सगसगै गणतन्त्रको प्रश्नलाई पनि गम्भिरतापूर्वक अन्दोलनको बिषय बनाउन युवाहरुको काधमा आएको छ।’
त्यस्तै, अखिल नेपाल युवक संघ दाङ जिल्ला कोषाध्यक्ष श्रीराम भट्टराईले पनि सम्बोधन गर्नुभएको थियो। अखिल (छैठौं) दाङ जिल्ला सचिव दिनेश रैदासको सञ्चालन तथा अखिल नेपाल युवक संघ घोराही नगर उपाध्यक्ष सन्जयसिहं वलीले स्वागत गर्नुभएको थियो ।