दिनेश रैदास, दाङ ।
दाङ देउखुरीको राजपुर गाउँपालिका—५ स्थित विकट महतेनिया खोलामा राष्ट्रिय जनमोर्चा राजपुर पालिकास्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ ।
Advertisement
भेलाको उद्घाटन अखिल नेपाल युवक संघका पूर्वकेन्द्रीय अध्यक्ष काशिनाथ पोख्रेलले गर्नुभयो ।
भेलालाई राजमो दाङ जिल्ला उपाध्यक्ष महेश रिजाल , जिल्ला सदस्य रामफकिरे रैदाश, जातीय समता समाजका नेता राजकुमार विश्वकर्मा, टेक बहादुर डाँगी, नवराज शर्मा, कृष्णबहादुर केसी, दिल बहादुर घर्ती, बेमराज खनाल, सुशील बुढा, तेज बहादुर बाठा मगर, तुल्सिङ खड्का लगायतले बोल्नु भएको थियो ।
जस बहादुर घर्तीको सभापतित्व र मनकुमार रानाको सञ्चालनमा भएको भेलामा स्वागत मन्तब्य टेक बहादुर बुढाले गर्नु भयो ।
